हावाहुरीले विद्यालयको छानो उडायो, घरमा क्षति « Khabarhub

हावाहुरीले विद्यालयको छानो उडायो, घरमा क्षति


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आज साँझ आएको भीषण हावाहुरीसहितको वर्षाले तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालयको छानो उडाएको छ ।

दिउँसो ४ बजेतिर आएको हावाहुरीसहितको वर्षाले विद्यालयको छानो उडाउनुका साथै सोही वडाका एक महिलाको घरमा क्षति पुगेको हो ।

हावाहुरीले विद्यालयको एउटा कक्षाको छानो उडाएको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन पाटाले जानकारी दिए । उनका अनुसार छानो उडाएपछि उक्त कक्षाका विद्यार्थीलाई अर्को कक्षामा राखेर पढाइने र छानो फेर्ने काम गरिनेछ ।

हावाहुरीले रुख भाँच्चिएर स्थानीय पानमाया रानाको घरमा क्षति पुगेको छ । घरमाथिको बरको रुख भाँच्चिदा रानाको घरमा क्षति पुगेको पाटाले बताए । त्यस्तै हावाहुरीले जनप्रिय बाल क्लबको भवन र भुवन रानामगरको टनेलहाउसमा पनि क्षति पुगेको छ ।

“वडाभित्रका अन्य क्षतिको विवरण भने आउन बाँकी छ”, उनले भने । जिल्ला प्रहरी कार्यालय तनहुँले हावाहुरीका कारण जिल्लामा भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ८ : ०० बजे

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको