धनकुटामा चानुवामा हाइभोल्टेज प्रवाह हुँदा करेन्ट लागेर एकको मृत्यु, १५ जना घाइते « Khabarhub

धनकुटामा चानुवामा हाइभोल्टेज प्रवाह हुँदा करेन्ट लागेर एकको मृत्यु, १५ जना घाइते


४ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मोबाइल चार्ज गर्ने क्रममा हाइभोल्टेज प्रवाह हुँदा ५३ वर्षीय चन्द्रबहादुर कार्कीको करेन्ट लागेर मृत्यु भएको हो ।

हाइभोल्टेज प्रवाह हुँदा सोही गाउँका ५५ वर्षीया बमकुमारी श्रेष्ठ, ६१ वर्षीय पदमबहादुर श्रेष्ठ, ९ वर्षीया सावित्रा निरौला, जिमी गाउँका ६ वर्षीय लाजिहाङ जिमी, लीलादेवी भण्डारी, सुष्मा शिवा, उदय शिवा, मोतीमाया जिमी, सम्झना लिम्बु, उमेश शिवा, सुजा जिमी, सुरेन जिमी, नेत्र श्रेष्ठ, तारा कटुवाल घाइते भएका छन् ।

जिल्ल प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीका अनुसार घाइतेमध्ये गम्भीर अवस्थाका ८ जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । उनका अनुसार ‘गाउँभर एक्कासी हाइभोल्टेज गएर धेरै क्षति पुर्‍याएको हो ।

चानुवामा दुई दिनदेखि विद्युत अवरुद्ध थियो । विद्युत प्रहाव हुनासाथ विद्युतीय सामग्री चार्ज गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

हाइभोल्टेज प्रवाह हुँदा अधिकांश घरमा मोबाइल, टिभी, बत्तीलगायतका सामग्रीमा क्षति पुगेको छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : ३८ बजे

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको