भारतमा घट्दैछ संक्रमण, २४ घण्टामा २ लाख ८१ हजार संक्रमित « Khabarhub

भारतमा घट्दैछ संक्रमण, २४ घण्टामा २ लाख ८१ हजार संक्रमित


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धि घट्दो क्रममा छ  ।

एक साताअघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ८१ हजार ८६० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितको यो संख्या आइतबारको तुलनामा करिव ३० हजार कम हो । आइतबार ३ लाख १० हजार ८२२ जनामा संक्रमण भएको थियो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ४९ लाख ६४ हजार ९२५ पुगेको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख २२ हजार ९०५ छ । निको हुनेको संख्या पनि त्यहाँ दैनिक बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३ लाख ७८ हजार ५७१ जना निको भएका छन् । योसँगै भारतमा २ करोड ११ लाख ६७ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमितको संख्या घट्दै गए पनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन । केही दिन यता भारतमा दैनिक ४ हजार हाराहारीको मृत्यु भइरहेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ एकैदिन ४  हजार ९२  संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ७४ हजार ४११ पुगेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ७ : २५ बजे

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली