एनआरएनको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान जोगाऔं’ अभियानमा १ करोड ११ लाख « Khabarhub

एनआरएनको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान जोगाऔं’ अभियानमा १ करोड ११ लाख


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- “नेपालमा अक्सिजन सिलिण्डर पठाऔं, आफन्तको ज्यान बचाऔँ” भन्ने नारासहित गैर आवासीय नेपाली संघ(एनआरएनए), मध्यपूर्वले सुरु गरेको अभियानमा खाडीमा कार्यरत घरेलु श्रमिकदेखि ब्यवसायीसम्मले आर्थिक सहयोग गरेका छन् ।

कतार, साउदी अरब, कुवेत, ओमान, यूएई र बहराइनमा रहेका एनआरएनएले आह्वान गरेको अनुरोधलाई स्वस्फूर्त स्वीकार गर्दै मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरुले स्वेच्छिक रकम उठाएर सम्बन्धित देशमा रहेका एनआरएनए अध्यक्षलाई उपलब्ध गराएको नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा एनसीसी अध्यक्षहरुले जानकारी दिए ।

यस अभियानका संयोजक आरके शर्माले दिएको जानकारी अनुसार कतारबाट ३५ लाख, बहराइनबाट २१ लाख, ओमानबाट १५ लाख, युएईबाट १५ लाख, कुवेतबाट १३ लाख ५० हजार तथा साउदी अरबबाट १२ लाख भन्दा बढी रकम संकलन भएको छ ।

आइतबार साँझसम्म १ करोड ११ लाख ५० हजार नेपाली रुपैयाँ संकलन भैसकेको संयोजक शर्माले बताए । खाडीमा कार्यरत नेपाली श्रमिकहरुको मन ठूलो रहेको भन्दै सहयोग जुट्ने क्रम जारी रहेको ती देशमा रहेका एनआरएनए अध्यक्षहरुले जानकारी दिए ।

पहिलो चरणमा ७५ लाख बराबरको ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल पठाएर सरकारलाई हस्तान्रण गरिसकिएको जनाउँदै थप भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधि तथा अन्य स्वास्थ्य सामग्री पनि पठाउने बारे छलफल भैरहेको उनले बताए ।

उनका अनुसार १५ सय अक्सिमिटर समेत चीनबाट ल्याएर सातै प्रदेशमा पठाउने योजना रहेको छ । यस्तै एक अर्को प्रसङमा उनले हवाई उडान लम्बिदै गए मध्यपूर्वबाट स्वदेश फर्किने नेपालीहरुलाई समस्या पर्ने भन्दै उद्धार उडान गरेर भए पनि फर्किने बातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ८ : ४० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार