सरकारले झुक्यायो, तातोपानी हुँदै ल्याइँने अक्सिजन सिलिण्डर अनुदानको हैन : व्यवसायी शेर्पा « Khabarhub

सरकारले झुक्यायो, तातोपानी हुँदै ल्याइँने अक्सिजन सिलिण्डर अनुदानको हैन : व्यवसायी शेर्पा


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनबाट तातोपानी भन्सार हुँदै आज नेपाल ल्याउन लागिएको अक्सिजन सिलिण्डर सरकारी अनुदानको नभएर ब्यापारिका प्रयोजनका लागि भएको खुलेको छ ।

यसअघि चीनबाट १८ हजार अनुदानको खाली सिलिण्डर नेपाल आइपुगेको समाचार सार्वजनिक भएपनि त्यो नभइ ब्यापारीक प्रयोजनका लागि आउन लागेको खुलेको हो ।

सिल्क ट्रान्सपोर्ट का अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले चीनबाट आज २५ सय थान सिलिन्डर तातोपानी नाकामा आइपुग्ने बताए । तर ती सिलिण्डर सरकारीस्तरबाट प्रचार गरिएको जस्तो अनुदानको नभइ ब्यापारिक प्रयोजनको भएको उनले बताए ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘व्यवसायीहरुले ब्यापारीक प्रयोजनका लागि चीनबाट अक्सिजन सिलिण्डर ल्याउन लागिएको हो । आज २५ सय थान तातोपानी भन्सारमा आईपुग्छ, ब्यापारीक प्रयोजन भएकाले ब्यापारका लागि निरन्तर रुपमा अक्सिजन सिलिण्डर आउँछ ।’

अहिले ब्यापारीहरुले ल्याउन लागेको सिलिण्डर अनुदानको रुपमा नभएर ब्यापारिक प्रयोजनका लागि भएको उनले स्पष्ट पारे । उनले भने, ‘सरकारले अनुदामा ल्याउने या ल्याएको मलाई जानकारी छैन, अहिले आउन लागेको सिलिण्डर भने ब्यापारीहरुले ल्याएको हो ।’

तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले आज केही सिलिण्डर तातोपानी भन्सार कार्यालयमा आइपुग्ने बताए । उनले भने, ‘आज अक्सिजन सिलिण्डर आउँदै छ, कति आउँदै छ भन्ने हामीलाई जानकारी छैन । आएपछि मात्र थाहा हुन्छ । अहिलेको अवस्थामा अक्सिजन संवेदनशील विषय भएकाले हामी स्टेन्डबाइ छौं ।’

आज ल्याउन लागिएको सिलिण्डर सरकार वा निजी व्यवसायी कसको भन्ने नखुलेको भन्सार प्रमुख गौतमले बताए । खबरहबसँग कुरा गर्दै गौतमले भने, ‘अक्सिजन सिलण्डर अउँदै छ तर, कसको हो भन्ने डकुमेन्ट हेरेर मात्र थाहा हुन्छ । अहिले नै भन्न सकिदैन ।’

व्यापारीले केही स्वास्थ्य सामग्रीसमेत नाकामा रोकिएको भन्दै त्यसको सहजीकरणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल मार्फत सरकारसमक्ष आग्रह गरेको बताएका छन् । ईश्वर पोखरेलका सचिवालयका एक कर्मचारीले खबरहबसँग भने, ‘अहिले ब्यापारीहरुले ल्याउन लागेको सिलिण्डर भन्सारमा आउँदैछ । त्यसको सहजीकरण भने हामीले गरेका छौं ।’

चिनियाँ सरकारको अनुदान सहयोगमा प्राप्त २० हजार मध्ये दुई हजार थान हवाई मार्गबाट र स्थलमार्गबाट १८ हजार सिलिण्डर आउने प्रक्रियामा रहेको ती कर्मचारीले स्पष्ट पारे ।

व्ययवसायीहरुका अनुसार अहिले तिब्बतको व्यापारिक केन्द्र खासामा आइसकेको ७५ सय थान सिलिण्डिर आइसकेको छ । त्यसमध्य २५ सय थान आज तातोपानी आइपुग्दै छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १० : १० बजे

हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

इलाम– सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले