कोभिडको उपचारमा खटिने चिकित्सकका लागि सय बेडको क्वारेन्टिन सेन्टर « Khabarhub

कोभिडको उपचारमा खटिने चिकित्सकका लागि सय बेडको क्वारेन्टिन सेन्टर


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चिकित्सक संघले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुको लागि एक सय बेडको क्वारेन्टिन सञ्चालनमा ल्याएको छ ।

संघका महासचिव डा बद्री रिजालले चिकित्सकको व्यक्तिगत सुरक्षाका लागि कमलपोखरीस्थित अग्रवाल भवनमा एक सय बेडको सुविधा सम्पन्न क्वारेन्टिन सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ र सेवा इन्टरनेशनलसँग संयुक्त आयोजनामा सञ्चालित उक्त क्वारेन्टिन र केही समय पछि आइसोलेसन सेन्टर समेत सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए ।

उक्त क्वारेन्टिन र आइसोलेसन सेन्टरको नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सोमबार बिहान ११ बजे भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् ।

उक्त क्वारेन्टिन सेन्टर सञ्चालनका लागि नेपाल चिकित्सक संघको तर्फबाट केन्द्रीय सदस्य डा प्रमोद जोशीको संयोजकत्वमा केन्द्रीय सदस्य डा रितेश थापा, वरिष्ठ प्रशासकीय अधिकृत मिलनचन्द्र खनाल सम्मिलित ३ सदस्यीय समिति समेत गठन गरेको गरिएको छ।

उक्त क्वारेन्टिन सेन्टरमा दिनको चार पटक खाना उपलब्ध गराइने र केही दिनमा सञ्चालन हुने आइसोलेसनमा अक्सिजन, अत्यावश्यक औषधि एवं स्वास्थ्यकर्मीहरु समेत उपलब्ध गराइने संघले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  २ : ३१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच