कोभिडको उपचारमा खटिने चिकित्सकका लागि सय बेडको क्वारेन्टिन सेन्टर « Khabarhub

कोभिडको उपचारमा खटिने चिकित्सकका लागि सय बेडको क्वारेन्टिन सेन्टर


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चिकित्सक संघले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुको लागि एक सय बेडको क्वारेन्टिन सञ्चालनमा ल्याएको छ ।

संघका महासचिव डा बद्री रिजालले चिकित्सकको व्यक्तिगत सुरक्षाका लागि कमलपोखरीस्थित अग्रवाल भवनमा एक सय बेडको सुविधा सम्पन्न क्वारेन्टिन सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ र सेवा इन्टरनेशनलसँग संयुक्त आयोजनामा सञ्चालित उक्त क्वारेन्टिन र केही समय पछि आइसोलेसन सेन्टर समेत सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए ।

उक्त क्वारेन्टिन र आइसोलेसन सेन्टरको नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सोमबार बिहान ११ बजे भर्चुअल माध्यमबाट उद्घाटन गरेका छन् ।

उक्त क्वारेन्टिन सेन्टर सञ्चालनका लागि नेपाल चिकित्सक संघको तर्फबाट केन्द्रीय सदस्य डा प्रमोद जोशीको संयोजकत्वमा केन्द्रीय सदस्य डा रितेश थापा, वरिष्ठ प्रशासकीय अधिकृत मिलनचन्द्र खनाल सम्मिलित ३ सदस्यीय समिति समेत गठन गरेको गरिएको छ।

उक्त क्वारेन्टिन सेन्टरमा दिनको चार पटक खाना उपलब्ध गराइने र केही दिनमा सञ्चालन हुने आइसोलेसनमा अक्सिजन, अत्यावश्यक औषधि एवं स्वास्थ्यकर्मीहरु समेत उपलब्ध गराइने संघले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  २ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै