सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने « Khabarhub

सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लाका कोरोना सङ्क्रमित बिरामीलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले यहाँको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ ।

दिपायल सिलगढी नगरपालिकाको पहलमा यहाँ नौवटै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ कार्यालय प्रमुख, जिल्ला अस्पतालका प्रतिनिधि, नागरिक समाज तथा पत्रकारसहित सर्वपक्षीय सहभागी बैठकले उक्त सभाहललाई ५० शय्याको अस्थायी कोरोना अस्पताल बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।

उक्त बैठकले सभाहललाई अस्थायी कोरोना अस्पताल बनाइ जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी० लाई व्यवस्थापकीय जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

उक्त अस्थायी अस्पतालको प्रभावकारी सञ्चालनका लागि आवश्यक जनशक्ति, अन्य स्रोत साधनलगायतका विस्तृत विवरणसहितको प्रतिवेदनका लागि जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख उद्धवबहादुर ठगुन्नाको संयोजकत्वमा पाँच सदस्यीय एक अध्ययन प्रतिवेदन टोलीसमेत बनाइएको छ ।

उक्त टोलीले यहि जेठ ४ गतेसम्म डिसिसिएमसीलाई प्रतिवेदन पेश गर्नुपर्ने निर्णय गरेको जिल्ला अस्पतालका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए । उक्त अस्पतालका लागि ३० श्यया जिल्ला अस्पताल र २० श्यया दिपायल राजपुरमा रहेको सुजङ अस्पतालले उपलब्ध गराउने भएका छन् । डाक्टरसहित अन्य स्वास्थ्यकर्मी, अक्सिजन सिलिन्डर, औषधी, फर्निचरलगायत सबै व्यवस्थापन जिल्लाका सबै स्थानीय तहले गर्ने निर्णय गरिएको दिपायल सिलगढीका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  १० : ४५ बजे

नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र ,४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु

दोलखा– लामासाँघु- जिरी सडक खण्ड अन्तर्गतको तामाकोशी नदिको निर्माणाधीन अलपत्र

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र