बी एण्ड सीले मेडिकल कलेजको सम्बन्धन पाउँदै, केयूले गर्‍यो सिफारिश « Khabarhub

बी एण्ड सीले मेडिकल कलेजको सम्बन्धन पाउँदै, केयूले गर्‍यो सिफारिश


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ विश्वविद्यालय (केयू)ले झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिश गरेको छ ।

केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सम्बन्धन प्रक्रिया अगाडि बढाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले दबाब दिँदै आएका थिए । त्यसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेसम्म कलेजको निरीक्षण गरेको थियो ।

३१ वैशाखमा बसेको केयू कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३(६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ ।

व्यवसायी दुर्गा प्रसाईंले सञ्चालनमा ल्याएको बी एण्ड सीलाई शिक्षण अस्पतालको सम्बन्धन दिने सरकारी निर्णयको लामो समयदेखि विरोध हुँदै आएको छ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले उक्त अस्पताललाई शिक्षण अस्पतालको सम्बन्धन नदिन भन्दै पटक पटक विरोध गर्दै आएका थिए ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : ३० बजे

होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र

रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा एकपछि अर्को विवाद

महाधिवेशन प्रतिनिधिको नामै बेपत्ता, अन्याय भएको भन्दै हलभित्रै नाराबाजी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रतिनिधिको नामावलीलाई लिएर

रास्वपा सह-महामन्त्रीमा यज्ञमणि न्यौपानेको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्री पदका लागि अधिवक्ता यज्ञमणि

रास्वपामा रवि-बालेन भागबन्डाको विरोध, महाधिवेशन प्रतिनिधिले भने : कांग्रेस-एमालेकै रोग देखियो, विद्रोह गर्छौँ

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन लम्बिँदै गएपछि प्रतिनिधिहरूको आक्रोश बढ्न