चीनबाट आइपुग्यो थप ९७५ अक्सिजन सिलण्डर « Khabarhub

चीनबाट आइपुग्यो थप ९७५ अक्सिजन सिलण्डर


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल वायुसेवा निमगको वाइडबडी जहाले आइतबार र र सोमबार गरि थप ९७५ वटा अक्सिजन सिलिण्डर चीनको राजधानी बेइजिङबाट काठमाडौं ल्याएको छ ।

यससँगै अब चीनबाट कुल १ हजार ३७५ वटा सिलिण्डर नेपाल आएका छन् । नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार यो तीन उडानबाट नेपाल ल्याइएको हो ।

यस्तै, १७५ थान अक्सिजन कन्सनट्रेटर समेत नेपाल आएको छ । नेपाल वायुसेवा निगमको जहाजले आज र भोलि पनि बेइजिङ उडान गर्दैछ । ती दुई उडानबाट समेत थप सिलिण्डर नेपाल ल्याइने उनले जानकारी दिए ।

उनले अब सिलिण्डरभन्दा अक्सिजन जेनेरेटरको आवश्यकता रहेको उल्लेख गर्दै निगमको जहाजले जेनेरेटर समेत बोक्न सक्ने जानकारी समेत गराएका छन् ।

नेपाल एयरलाइन्सको जहाजले चीन सरकारले अनुदानमा दिएका सिलिण्डरहरु नेपाल ल्याएको हो । यसअघि निगमको जहाजले ओमानको राजधानी मस्कटबाट समेत ५६० थान अक्सिजन सिलिण्डर नेपाल ल्याएको थियो ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : ४० बजे

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी

एमालेकै एजेन्डामा कांग्रेस, बहुमत पूर्वसांसदहरूको हस्ताक्षर सर्वोच्चमा बुझाइँदै

काठमाडौं– देशका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेस

फेरि २६ सय बिन्दुबाट तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेको

पञ्चेबाजा बजाउँदै कार्यालयमा रविको स्वागत (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्किने