आज कुन जिल्लामा कति संक्रमित थपिए ? | Khabarhub Khabarhub

आज कुन जिल्लामा कति संक्रमित थपिए ?


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पीसीआर परीक्षण र ४३४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ हजार २४७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार  प्रदेश १ को इलाममा ५९, उदयपुरमा ७, ओखलढुंगामा १२, खोटाङमा १७, झापामा १७४, ताप्लेजुङमा ९, तेह्रथुम १९, धनकुटामा ६३, पाँचथर २१, भोजपुरमा २, मोरङमा ४६९, संखुवासभामा ६४, सोलुखुम्बु ३ र सुनसरी ३०० जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा २३२, पर्सामा ९८,  बारामा २७, महोत्तरीमा १३०, रौतहटमा ७६, सप्तरीमा १२१, सर्लाहीमा २१ र सिरहामा १९ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार ३४६ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ९१, चितवनमा ६७, दोलखामा ४, धादिङमा १५, नुवाकोटमा ७५, भक्तपुरमा २९८, मकवानपुरमा १२४,  रामेछापमा ५४, ललितपुरमा ४५४, सिन्धुपाल्चोकमा ५८ र सिन्धुली ३६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ४३४, गोरखामा ५६, तनहुँमा २८, नवलपरासी पूर्वमा ८, पर्वत ६०, मनाङ २,  मुस्ताङ १, म्याग्दी ५७, लमजुङमा ४८, बागलुङमा ७ र स्याङजामा ८५ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १६, कपिलवस्तुमा २०, गुल्मीमा ४४, दाङमा १३७, नवलपरासीमा २८, पाल्पामा ९४, प्यूठानमा ३, बर्दियाका ३१३, बाँकेमा ३७८,  रुपन्देहीमा ४१३ र रोल्पामा २ जना छन्।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १३, जाजरकोटमा ४६, जुम्ला ७, दैलेखमा ३५, मुगु १, रुकुम पश्चिममा १६, सल्यानमा २६, सुर्खेतमा १९६ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १२, कञ्चनपुरमा २१८, कैलालीमा ७४३, डडेल्धुरामा ३५, डोटीमा २९, दार्चुलामा १२, बझाङमा २, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ६ : ५३ बजे

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१