बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालन « Khabarhub

बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालन


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक एकतर्फी सञ्चालनमा आएको छ ।

निरन्तरको वर्षापछि खसेको पहिरोले पाल्पाको गौडेपुल नजिकै तीनदिनदेखि अवरुद्ध सडक आज दिउँसोदेखि सञ्चालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

अविरल वर्षासँगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएपछि सडक अवरुद्ध भएको थियो । उक्त सडकको विकल्पमा डाइभर्सन राखेर सडक सञ्चालन गरिएको प्रहरी जवान हरीशकुमार पाण्डेले जानकारी दिए ।

सडक एकतर्फी खुलेपछि रोकिएका यात्रु तथा सवारीसाधनलाई पालैपालो गन्तव्यतर्फ पठाइएको छ । बुटवल नारायणगढ सडकखण्ड भने अझै खुलेको छैन ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ६ : ३९ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा