वैदेशिक रोजगारीमा पोर्चुगल पुगेका एक नेपालीको निधन « Khabarhub

वैदेशिक रोजगारीमा पोर्चुगल पुगेका एक नेपालीको निधन


३ असार २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगएका एक जना नेपालीको निधन भएको छ ।

स्थायी घर म्याग्दी भएका ५३ वर्षीय भगवान मल्लको उपचारका क्रममा लिस्बनस्थित शान्ता मारिया अस्पतालमा गत सोमबार निधन भएको हो ।

सामाजिक सञ्जालमा भीम केसी कमलले उनको निधले अत्यन्तै मर्माहित बनाएको उल्लेख गरेका छन् ।

उलने सामाजिक सञ्जालमा लेखेका छन्, ‘ स्थायी घर म्यादी भई वैदेशिक रोजगारको सिलसिलामा ६ वर्ष अगाडि पोर्चुगल आउनुभएका ५३ वर्षीय भगवान मल्लको पोर्चुगल, लिस्बनस्थित शान्ता मारिया अस्पतालमा उपचाररत रहेकै अjस्थामा यही जुन १४, २०२१ सोमबारका दिन भएको असामयिक दु:खद निधनको खबरले अत्यन्तै दुखित एवं मर्माहित भएको छु। असीम वेदना र पीडाको यस घडीमा स्वर्गीय मल्लको दिवंगत आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धान्जलि ब्यक्त गर्दै सम्पूर्ण शोकाकुल परिवारजनहरु प्रति गहिरो समबेदना प्रकट गर्दछु।’

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ६ : ४२ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई