कांग्रेस बैठकमा महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल शुरु « Khabarhub

कांग्रेस बैठकमा महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल शुरु


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार फेरि बस्ने गरि सकिएको छ । आजबाट शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा १४ औं महाधिवेशनको संशोधित कार्यतालिकामाथि छलफल शुरु भएको  हो ।

आजबाट शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा यसअघि पदाधिकारी बैठकले गरेको निर्णयअनुसार भदौ १६ देखि १९ गतेसम्म गर्ने महाविधेशनका बारेमा छलफल शुरु भएको हो ।

आजबाट शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा साउन १२ गतेदेखि स्थानीय तहमा अधिवेशन शुरु गर्ने र भदौ १६ गतेदेखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पेश भएको कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशरण महतले जानकारी दिए ।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य तथा कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता नवीकरणको काम भइरहेको बताएका छन् । क्रियाशील सदस्यताको विषयले महाविधेशन प्रभावित नभएको बताएका नेता लेखकले कोरोनाका कारण आगामी महाविधेशनको मिति हेरफेर गर्नुपरेको बताए ।

आगामी महाधिवेशनका लागि १० लाख क्रियाशील सदस्य बनाउने घोषणा गरेको कांग्रेसले अहिलेसम्म करिब ८ लाखले क्रियाशील सदस्यता लिएको नेता लेखकले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समिति बैठकले कोरोनाविरुद्धको खोप सबै नागरिकको पहुँचमा उपलब्ध गराउन समेत सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठकले नेपाललाई खोप उपलब्ध गराउन अन्तराष्ट्रिय समुदायसँग समेत आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ७ : २७ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा