आधिकारिकता दावी गर्न जसपाको यादव पक्ष निर्वाचन आयोग जाने « Khabarhub

आधिकारिकता दावी गर्न जसपाको यादव पक्ष निर्वाचन आयोग जाने


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्ष आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा जाने निर्णय गरेको छ ।

आज काठमाडौंमा बसेको यादव समूहको कार्यकारिणी बैठकले बहुमत सदस्यको नागरिकता लिएर आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।

पार्टीको विवाद हल गर्नका लागि आफूहरुको दिएको निवेदन पछि आयोगले कानूनको अर्कै प्रावधान अनुसार आउन सुझाव दिएको भन्दै आधिकारिताका बारेमा टुङ्गो लगाउन निर्वाचन आयोग जाने निर्णय गरिएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनले भने,‘आधिकारिता दाबी गर्न निर्वाचन आयोग जाने निर्णय भएको छ ।’ यादव समूहको बैठकले चुरे क्षेत्रबाट ढुंगा गीटी वालुवा निकासी गर्ने सरकारको निर्णयको समेत विरोध गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

आजको बैठकले बाढी पहिरो प्रभावितलाई राहत दिन समेत सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

‘बाढी पहिरो डुवानबाट प्रभावित जनताका लागि राहत र उद्धारमा खटिन पार्टीपङ्तिलाई निर्देशन दिइएको छ ।’ उनले भने ।

यादव समूहको बैठकले बाढी पहिरो डुवानलाई न्युनीकरण गर्न दीर्घकालीन योजना बनाउन सरकारसँग माग गरेको उनले जानकारी दिए ।

अध्यक्ष यादवले आजको बैठकले कसैलाई पनि कारबाही नगरेको जानकारी समेत दिए ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ८ : १९ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा