लगातारको वर्षाले दैलेखमा ६ घर भत्किए « Khabarhub

लगातारको वर्षाले दैलेखमा ६ घर भत्किए


३ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– तीन दिनदेखिको निरन्तर वर्षाले दुल्लु नगरपालिका –९ का ६ घर भत्किएका छन् । वडाध्यक्ष रणबहादुर बोहोराका अनुसार प्यादुरा गाउँका तीन र धामीगाउँका तीन घर भत्किएका हुन् ।

उनले विस्थापित परिवारलाई नजिकका आफन्तको घरमा राखिएको जानकारी दिए । लगातारको वर्षातका कारण जिल्लाभर अहिलेसम्म मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख अनुपम श्रेष्ठले भने, “कर्णाली राजमार्गको ठाउँ–ठाउँमा पहिरो गइरहेको छ । अन्य सहायक सडकमा पनि यातायातका साधन सञ्चालन हुन कठीन छ ।”

जल तथा मौषम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्षको मनसुन लामो अवधिसम्म रहने देखिन्छ ।

जिल्लास्थित कर्णाली नदी, लोहोरे, छामघाट, रामाघाट, कट्टी, पादुका खोला लगायतका नदी र खोलामा पानीको बहाब बढ्न गइ तटीय क्षेत्रमा बाढी आउन सक्ने र भिरालो ठाउँमा पहिरो जानसक्ने जोखिम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले तटीय क्षेत्र र भिरालो ठाउँमा बस्ने स्थानीयबासीलाई सम्भाबित विपद्को जोखिम न्यूनिकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार  ८ : ४५ बजे

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा

ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा दिन स्थानीयको माग

वीरगञ्ज- सिर्सियास्थित वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण गरिएको जग्गा

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा