बलिउड फिल्ममा पाइला चाल्दै नेपालकी पुनम « Khabarhub

बलिउड फिल्ममा पाइला चाल्दै नेपालकी पुनम


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वदेश तथा विदेशका विभिन्न ठाउँमा आफ्नो व्यवसाय विस्तार गरिसकेकी व्यवसायी पुनम यादवले ठूलो बजेटमा बलिउड फिल्म बनाउने भएकी छन् । नेपालको तराई भेगमा जन्मिएकी उनी चाँडै आफ्नो पहिलो बलिउड फिल्मको घोषणा गर्ने तयारीमा छिन् ।

पुनमका अनुसार अहिले भारतमै फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको छ । ‘नेपाली कलाकारलाई संसारभर चिनाउनु नै मेरो उद्देश्य हो । त्यसकारण मैले बनाउन लागेको बलिउड फिल्ममा नेपाली कलाकारलाई प्राथमिकतामा राखेर अवसर दिनेछु’, पुनमले भनिन् ।

उनको पहिलो नेपाली फिल्ममा दिवाकर भट्टराईको निर्देशन रहनेछ । पुनम बलिउड र नेपाली फिल्म निर्माणको तयारीमा भए पनि उनले निर्माण गरेको एक हिन्दी गीत सार्वजनिक भइसकेको छ ।

दुई हप्ता अगाडि भारतको पप चार्टबस्टस नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘इबादत बन गए हो’ बोलको गीतलाई पुनमले निर्माण गरेकी हुन् । गीतमा नेपाली गायिका स्मिता दाहाल र भारतका चर्चित गायक शबाब साबरीले स्वर रहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : १३ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने