बलिउड फिल्ममा पाइला चाल्दै नेपालकी पुनम « Khabarhub

बलिउड फिल्ममा पाइला चाल्दै नेपालकी पुनम


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वदेश तथा विदेशका विभिन्न ठाउँमा आफ्नो व्यवसाय विस्तार गरिसकेकी व्यवसायी पुनम यादवले ठूलो बजेटमा बलिउड फिल्म बनाउने भएकी छन् । नेपालको तराई भेगमा जन्मिएकी उनी चाँडै आफ्नो पहिलो बलिउड फिल्मको घोषणा गर्ने तयारीमा छिन् ।

पुनमका अनुसार अहिले भारतमै फिल्मको स्क्रिप्ट लेखनको काम भइरहेको छ । ‘नेपाली कलाकारलाई संसारभर चिनाउनु नै मेरो उद्देश्य हो । त्यसकारण मैले बनाउन लागेको बलिउड फिल्ममा नेपाली कलाकारलाई प्राथमिकतामा राखेर अवसर दिनेछु’, पुनमले भनिन् ।

उनको पहिलो नेपाली फिल्ममा दिवाकर भट्टराईको निर्देशन रहनेछ । पुनम बलिउड र नेपाली फिल्म निर्माणको तयारीमा भए पनि उनले निर्माण गरेको एक हिन्दी गीत सार्वजनिक भइसकेको छ ।

दुई हप्ता अगाडि भारतको पप चार्टबस्टस नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘इबादत बन गए हो’ बोलको गीतलाई पुनमले निर्माण गरेकी हुन् । गीतमा नेपाली गायिका स्मिता दाहाल र भारतका चर्चित गायक शबाब साबरीले स्वर रहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : १३ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते