दशैँका लागि अग्रिम टिकट बुकिङ १० गतेबाट खुल्ने « Khabarhub

दशैँका लागि अग्रिम टिकट बुकिङ १० गतेबाट खुल्ने


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँ मनाउनका लागि उपत्यकाबाट बाहिर जाने यात्रुका लागि यही असोज १० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

यातायात व्यवस्था विभाग, ट्राफिक, यातायात व्यवसायीबिच बिहीवार भएको छलफलले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

समयमा टिकट नपाउने पाए पनि ठगिने, महँगो भाडा तिर्नुपर्ने समस्या नदोहोरियोस् भनेर यस वर्ष समयमै टिकट बुकिङ खुलाउन लागेको सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघले जनाएको छ ।

‘विगतका वर्षहरु यातातयात व्यवसायी र सरकारबीच तालमेल नमिल्दा बुकिङ अन्तिममा खुल्थ्यो र यात्रुहरुमा अन्योलता देखिन्थ्यो’, महासंघका महासचिव भरत नेपाल भन्छन् ।

१० गतेपछि यात्रुहरुले भौतिक रुपमा उपस्थित भएर अथवा अनलाइनबाट पनि बुकिङ गर्न सक्नेछन् ।

लामो दुरीका लागि २८ प्रतिशत भाडा ओली सरकारकै पालमा बढिसकेको छ ।

पुरानो बसपार्कलाई हटाएसँगै अरनिको राजमार्ग हुँदै १० वटाभन्दा बढी जिल्लामा जाने गाडीहरु कोटेश्वरमा अस्तव्यस्त बन्ने गरेको उनले बताए ।

त्यसलाई व्यवस्थापन गर्न सम्भव भए खुलामञ्चबाटै नत्र तिनकुनेदेखि बालकुमारीको करिडोरलाई प्रयोग गर्नुपर्ने उनीहरुको माग छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ६ : ०५ बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक