दशैँका लागि अग्रिम टिकट बुकिङ १० गतेबाट खुल्ने | Khabarhub Khabarhub

दशैँका लागि अग्रिम टिकट बुकिङ १० गतेबाट खुल्ने


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँ मनाउनका लागि उपत्यकाबाट बाहिर जाने यात्रुका लागि यही असोज १० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

यातायात व्यवस्था विभाग, ट्राफिक, यातायात व्यवसायीबिच बिहीवार भएको छलफलले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

समयमा टिकट नपाउने पाए पनि ठगिने, महँगो भाडा तिर्नुपर्ने समस्या नदोहोरियोस् भनेर यस वर्ष समयमै टिकट बुकिङ खुलाउन लागेको सार्वजनिक यातायात व्यवसायी केन्द्रीय महासंघले जनाएको छ ।

‘विगतका वर्षहरु यातातयात व्यवसायी र सरकारबीच तालमेल नमिल्दा बुकिङ अन्तिममा खुल्थ्यो र यात्रुहरुमा अन्योलता देखिन्थ्यो’, महासंघका महासचिव भरत नेपाल भन्छन् ।

१० गतेपछि यात्रुहरुले भौतिक रुपमा उपस्थित भएर अथवा अनलाइनबाट पनि बुकिङ गर्न सक्नेछन् ।

लामो दुरीका लागि २८ प्रतिशत भाडा ओली सरकारकै पालमा बढिसकेको छ ।

पुरानो बसपार्कलाई हटाएसँगै अरनिको राजमार्ग हुँदै १० वटाभन्दा बढी जिल्लामा जाने गाडीहरु कोटेश्वरमा अस्तव्यस्त बन्ने गरेको उनले बताए ।

त्यसलाई व्यवस्थापन गर्न सम्भव भए खुलामञ्चबाटै नत्र तिनकुनेदेखि बालकुमारीको करिडोरलाई प्रयोग गर्नुपर्ने उनीहरुको माग छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ६ : ०५ बजे

सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

काठमाडौं – ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी  भएको

शीतल निवासमा आगो, राष्ट्रपतिलाई सेनाले शिवपुरी लग्यो

काठमाडौँ- जेन-जीका नाममा भएको आन्दोलनका सहभागीहरूले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पनि

कहाँ गए त ओली ?

काठमाडौं– सिंहदरबार छोडेका प्रधानमन्त्री केपी शर्मा ओली कहाँ गए भन्ने

जल्दै गरेको सिंहदरबार (तस्बिरहरू)

काठमाडौं– मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेर प्रदर्शनकारीले आगो

जेन-जीको आक्रमणले तहसनहस देउवा निवास (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास