सरकारले छिमेकी राष्ट्रसँगको सम्बन्ध बिगार्न खोजेको एमाले प्रवक्ता ज्ञवालीको आरोप « Khabarhub

सरकारले छिमेकी राष्ट्रसँगको सम्बन्ध बिगार्न खोजेको एमाले प्रवक्ता ज्ञवालीको आरोप


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकारले छिमेकी राष्ट्रसंगको सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार नयाँ किरण समूहले आयोजना गरेको नयाँ सरकारको कुटनीतिक अभिमूखिकरण : सम्भाव्य विश्लेषण विषयक विचार गोष्ठिमा ज्ञवालीले सीमा लगायतका विषय निकालेर सरकारले छिमेकी राष्ट्रसँग कुटनीतिक सम्बन्ध बिगार्न खोजेको आरोप लगाएका हुन् ।

ज्ञवालीले भारतसँगको सीमा विवादलाई छाडेर चीनसँगको सीमा विवाद सिर्जना गर्न खाजेको तर्क गरे । समस्या भएको स्थानमा चूप बस्ने र समस्या नै नभएको ठाउँमा विवाद निकालेर सरकारले चीनसँग चिसोपना खडा गर्न खोजेको उनले बताए ।

ज्ञवालीले दार्चुलामा तुईन चुडाएर नेपाली बेपत्ता भएको घटना दुई महिना हुन लाग्दा पनि सरकारले भारतसँग कुटनीतिक प्रतिवाद गर्न नसकेको बताए ।

ज्ञवालीले छिमेकी मुलुक लगायत अन्य मुलुकसँगको सम्बन्ध नेपालको सार्वभौम समानताका आधारमा अघि बढाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ६ : ५१ बजे

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी

बाढीले पुलमा क्षति पुगेपछि केलादीघाटमा सवारी आवागमन बन्द

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिका ६ र पाल्पाको रामपुर नगरपालिका–३ जोड्ने

जलवायु परिवर्तन, जलवायु न्याय र घरपझोङ सम्मेलन : स्थानीय आवाजदेखि राष्ट्रिय एजेन्डासम्म

काठमाडौं– जलवायु परिवर्तन आज मानव सभ्यताले सामना गरिरहेको जटिल, बहुआयामिक