नेपालद्वारा अमेरिकालाई १ सय ७५ रनको लक्ष्य « Khabarhub

नेपालद्वारा अमेरिकालाई १ सय ७५ रनको लक्ष्य


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अमेरिकालाई जितका लागि १ सय ७५ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ओभरमा अलआउट हुँदै १७४ रन बनायो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५५ रन बनाए । ओमान भ्रमणमा उनको यो पहिलो अर्धशतक हो । जारी प्रतियोगितामा अर्धशतक बनाउने उनी तेस्रो नेपाली ब्याट्सम्यान हुन् । यसअघि कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक बनाएका थिए ।

एक खेलाडी परिवर्तन गरेर मैदानमा उत्रिएको नेपालले शुक्रबार अमेरिकाविरुद्ध विर्सनलायक ब्याटिङ गर्‍यो । ५ रनको स्कोरमा ओपनर आसिफ शेख ३ रनमा आउट भए भने रोहित पौडल मात्र २ रन पेवेलिएन फर्किए । यस्तै कुशल भुर्तेलले ३६ रन बनाउँदा बिनोद भण्डारीले १० रनको योगदान दिए ।

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका गुल्सन झाले २८ रनको योगदान दिए भने करण केसीले १२ रन बनाए । कुशल मल्ल शून्यमा आउट भए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : ४१ बजे

वीरगञ्ज भन्सारबाट पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा ९६ अर्ब

युके पठाउने भन्दै ५२ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी

भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलामा जाने र त्यहाँबाट

रौनित साह एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा मधेसी युवा क्लस्टरबाट

दुई घण्टामा २०० जनाले मत हाले

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनको निर्वाचनमा दुई घण्टा नाघिसक्दा २००