राजमार्ग फराकिलो भएपछि यात्रा सहज « Khabarhub

राजमार्ग फराकिलो भएपछि यात्रा सहज


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको प्रमुख सडक दशरथचन्द राजमार्गका घुम्तीहर फराकिलो भएसँगै यात्रा सहज भएको छ । अनारखोलीदेखी झुलाघाटसम्म ८९ किलोमिटर राजमार्ग गत वर्षदेखि फराकिलो बनाउने योजना लागू भएदेखि सवारी साधन चलाउन सजिलो भएको छ।

विगतमा चार मिटरभन्दा कम चौडाई रहेका राजमार्गका घुम्तीहरू अहिले १० मिटर बनाइएपछि सजिलो भएको सवारी चालक जयसिंह भण्डारीले बताए । विगतमा ठूला गाडीहरूका लागि ठिक्क रहेका घुम्तीहरू अहिले फराकिलो बनाएपछि गाडीहरू सहजै अटाउने भएको उनले बताए ।

घुम्तीहरू फराकिलो बनाउनका लागि यसवर्ष पनि सडक डिभिजन कार्यालय पाटनमा संघीय सरकारबाट ५ करोड रकम प्राप्त भएको छ । राजमार्गका घुम्तीहरूको चौडाइ बढेसँगै यात्रुहरूको डर घटेको जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले बताए ।

सडक नै विकासको मुख्य पूर्वाधार भएकाले सडक निर्माणमा सरकारको ध्यान जानु राम्रो पक्ष भएको उनले बताए । राजमार्गका साथै ग्रामिण सडकहरू समेत स्तरोन्नतीमा सरकारको ध्यान जानुपर्ने भट्टले बताए  ।

सडक फराकिलो भएसँगै दुर्घटना न्यूनीकरण हुने अपेक्षा रहेको यातायात व्यवसायीले बताएका छन् । राजमार्गका घुम्तीहरू फराकिलो बनाइए पनि धेरैजसो ठाउँमा कालोपत्रे गर्ने कार्य बाँकी छ । कालोपत्रे गर्ने कार्य निरन्तर जारी रहने सडक डिभिजन कार्यालय ले जनाएको छ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ११ : ३५ बजे

रोनाल्डोको विश्वकप यात्राको दुःखद अन्त्य, डलास मैदानमा पोखिए आँसु

काठमाडौँ – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका

पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ – वैकल्पिक खेलाडी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनेट

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २३ गते मंगलबार सन् २०२६

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड