राजमार्ग फराकिलो भएपछि यात्रा सहज | Khabarhub Khabarhub

राजमार्ग फराकिलो भएपछि यात्रा सहज


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको प्रमुख सडक दशरथचन्द राजमार्गका घुम्तीहर फराकिलो भएसँगै यात्रा सहज भएको छ । अनारखोलीदेखी झुलाघाटसम्म ८९ किलोमिटर राजमार्ग गत वर्षदेखि फराकिलो बनाउने योजना लागू भएदेखि सवारी साधन चलाउन सजिलो भएको छ।

विगतमा चार मिटरभन्दा कम चौडाई रहेका राजमार्गका घुम्तीहरू अहिले १० मिटर बनाइएपछि सजिलो भएको सवारी चालक जयसिंह भण्डारीले बताए । विगतमा ठूला गाडीहरूका लागि ठिक्क रहेका घुम्तीहरू अहिले फराकिलो बनाएपछि गाडीहरू सहजै अटाउने भएको उनले बताए ।

घुम्तीहरू फराकिलो बनाउनका लागि यसवर्ष पनि सडक डिभिजन कार्यालय पाटनमा संघीय सरकारबाट ५ करोड रकम प्राप्त भएको छ । राजमार्गका घुम्तीहरूको चौडाइ बढेसँगै यात्रुहरूको डर घटेको जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टले बताए ।

सडक नै विकासको मुख्य पूर्वाधार भएकाले सडक निर्माणमा सरकारको ध्यान जानु राम्रो पक्ष भएको उनले बताए । राजमार्गका साथै ग्रामिण सडकहरू समेत स्तरोन्नतीमा सरकारको ध्यान जानुपर्ने भट्टले बताए  ।

सडक फराकिलो भएसँगै दुर्घटना न्यूनीकरण हुने अपेक्षा रहेको यातायात व्यवसायीले बताएका छन् । राजमार्गका घुम्तीहरू फराकिलो बनाइए पनि धेरैजसो ठाउँमा कालोपत्रे गर्ने कार्य बाँकी छ । कालोपत्रे गर्ने कार्य निरन्तर जारी रहने सडक डिभिजन कार्यालय ले जनाएको छ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ११ : ३५ बजे

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु