कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा छ : स्वास्थ्य मन्त्रालय « Khabarhub

कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा छ : स्वास्थ्य मन्त्रालय


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही असोज १८ गतेदेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा ७, ८ र ९ मा फैलिएको झाडापखाला नियन्त्रणमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले दाबी गरेको छ ।

मन्त्राललयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी झाडापखालाको हालको अवस्थाबारे जानकारी दिएका छन् । उनले स्थानीय, प्रदेश र संघीय सरकार तथा विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुको समन्वयमा रोग नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म झाडापखाला तथा तथा बान्ताका कारण ८८५ जना संक्रमित भएका छन् । जिल्लाको शिवराज अस्पतालमा २५ जना झाडापखालाका विरामी उपचाररत् रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ८१९ जना निको भएका छन् ।
हालसम्म झाडापखालाबाट ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीया बालिकाको निजी क्लिनिकमा र ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पताल ल्याउँदै गर्दा मृत्यु मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न मितिमा संकलन गरिएका दिसाका नमुनाहरु लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ५५ वर्षीय पुरुष, ७२ वर्षीय पुरुष, ५५ वर्षीय पुरुष र ५ वर्षीया बालिकाको दिसाको नमुनामा भाइब्रियो कोलेरा ०१ ओगावा भाइरस देखा परेको छ ।

खानेपानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ५ : ०० बजे

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको