हिमचितुवाले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि « Khabarhub

हिमचितुवाले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘काठमाडौँ– ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर बनेका छन् । जापानको नायोगा सहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार सम्पन्न ४९ औँ सस्करणको सो प्रतिस्पर्धामा अन्तराष्ट्रि«य बक्सर खेलाडी घिमिरेले जापानका व्यवसायिक किक बक्सर फुजीमुरालाई परास्त गरेका थिए । उनीहरु दुवै ‘के वान के बक्सिङ् प्रतिष्पर्धा’ मा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।

‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले सो प्रतियोगिता चुमेसँगै सामाजिक सञ्जाल मार्फत जितका लागि आफ्ना पिता अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरे, आयोजक सिमुरा डोजो सहित नेपाली खेलप्रेमिलाई सबैलाई धन्यवाद दिएका छन् । जापानको चर्चित सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको थियो । अविरलले सोही डोजो मार्फत आफ्नो प्रतिभा प्रस्फुटन गर्दै आएका छन् ।

प्रशिक्षक देवका अनुसार नेपाली खेलाडी ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ प्रतियोगितमा छनौट हुुनु आफैमा प्रतिष्ठाको विषय हो । उनका अनुसार खेलाडी अविरलले गत चैतमा जापानको टोकियो सहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेका थिए । उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए । यसैगरी उनले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजीमाथि सहज जित हात पारेका थिए ।

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नेपालको तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका थिए । एक्काइस वर्षीय उनले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा निवासी उनी विगत पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आएका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ६ : ०० बजे

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर