सर्वोच्चको समस्या १/२ दिनमा हल नभए राजनीतिक निकास खोज्छौँ– प्रचण्ड « Khabarhub

सर्वोच्चको समस्या १/२ दिनमा हल नभए राजनीतिक निकास खोज्छौँ– प्रचण्ड


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताएका छन् ।

उनले अदालतको विवाद अदालती प्रक्रियाबाटै हल हुने बताए । उनले भने, ‘सर्वोच्चको समस्या एक/दुई दिनभित्र सर्वोच्चबाट नै सल्टिने छ ।’

महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजनन हुने कार्यक्रम सहभागी हुन जानेक्रममा अध्यक्ष प्रचण्डले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए ।

उनले भने, ‘आशा गरौँ, विवाद अदालतबाट नै सल्टियोस् । हामी अदालतबाटै एक–दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौँ ।’

अध्यक्ष प्रचण्डले अदालतमा देखिएको समस्या एक–दुई दिनमा समाधान नभए राजनीतिक रुपमा हल गरिने बताए । सरकारलाई सहयोग गर्न गठित पाँचदलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको जनाउँदै उनले यस विषयमा थप बोल्न आवश्यक नरहेको स्पष्ट पारे ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ३ : ३५ बजे

पाल्पामा सडक खाना महोत्सव : स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

तानसेन– मखमलको चोली, गलामा पहेँलो पोते र परम्परागत झोला भिरेका

मन्त्रिपरिषद्को निर्णय : सशस्त्र प्रहरीको एआईजीमा अञ्जनीकुमार पोखरेल

काठमाडौं– सरकारले आजको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय : भूमि समस्या समाधान समितिमा पदाधिकारी नियुक्त, अञ्जनी पोखरेल सशस्त्रको एआईजीमा बढुवा

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न

प्रधानमन्त्रीको भनाइबारे सरकारका प्रवक्ता : हाम्रो सीमा मिचियो भनेर भारतले खबर पठाएको छ

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले यही आइतबार प्रतिनिधिसभामा