ओलीले संसद होइन, संविधान र गणतन्त्र नै विघटन गरेको 'प्रचण्ड'को आरोप (भिडियोसहित) | Khabarhub Khabarhub

ओलीले संसद होइन, संविधान र गणतन्त्र नै विघटन गरेको ‘प्रचण्ड’को आरोप (भिडियोसहित)


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन मात्र नगरेर संविधान र गणतन्त्रमाथि नै प्रहार गरेको आरोप लगाएका छन् ।

नेकपा दाहाल–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन ।

ओलीले अहिलेसम्म प्राप्त उपलब्धी ‘हत्या’ गर्ने काम गरेको उनले आरोप लगउए । उनले जनताले लामो संघर्षबाट प्राप्त गरेको उपलब्धिहरुलाई जोगाउन आफूहरु संघर्षमा उत्रनुपरेको बताए ।

उनले भने, ‘केपी ओलीले संसद् विघटन गरेका होइनन् । संविधानमा यो व्यवस्था पनि छैन । प्रधानमन्त्रीलाई यो अधिकार पनि छैन । उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै विघटन गरेका हुन् ।’

हेरौँ भिडियो

प्रचण्डले संविधान अहिले कोमामा रहेकोले आन्दोलनको बलमा बचाउनुपर्ने अवस्था सिर्जना भएको बताए ।

अहिलेको विवाद पदको नभएर विचारको भएको दाबी गर्दै उनले ओलीले पद र शक्तिका लागि मात्रै पार्टी एकता गरेको  आरोप लगाए ।

‘हामीले पार्टी र देशलाई बलियो बनाउन पार्टी एकता गरेका थियौँ। तर, उहाँले प्रधानमन्त्री पद र शक्तिको लागि मात्रै पार्टी एकता गरेका रहेछन्। अरू सबै सहमति त किर्ते नै रहेछ’ उनले भने।

नेकपामा जबजको आधार र सिद्धान्तलाई सबैभन्दा पहिले ओलीले त्यागेको आरोप लगाए । यसअघि पनि विभिन्न कार्यक्रममा प्रचण्डले ओलीले सबैभन्दा पहिले जबज त्यागेको बताउँदै आएका थिए ।

उनले नेपालको इतिहासमा महिला आन्दोलनको महत्वपूर्ण भूमिका रहेको भन्दै फेरि एक पटक आन्दोलनमा सक्रिय भएर जाग्न अनुरोध गरेका थिए । उनले माघ ९ गते विशाल प्रदर्शनमार्फत जनताको शक्ति देखाउनुपर्ने बताए ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ५ : ५५ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का