कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत « Khabarhub

कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कुवेतको सोमबार सरकार विघटन भएको छ । प्रधानमन्त्री शेख सबाह खालेद अल हमद अल सबाहले राजीनामा दिएका छन ।

प्रधानमन्त्रीको राजीनामा राजा शेख सवाफ अल अहमद हल जबर अल सबाहले सोमबार स्वीकृत गरेका हुन । प्रधानमन्त्री सबाहले यही जनवरी ३१ मा कुवेती राजा समक्ष राजीनामा पेश गरेका थिए ।

तत्कालै अर्को मन्त्रीपरिषद् गठन गर्ने तयारी भइरहेको राजदरबारका अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको राष्ट्रिय सभा र मन्त्रीपरिषद्का बीचमा सम्वन्ध विग्रिएकाले राजीनामा दिनु लागेको प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठकमा जानकारी दिएका थिए ।

उनले उपप्रधानमन्त्री र मन्त्रीहरुलाई राजनीतिक अवस्थाका बारेमा व्याख्या गर्दै आफुहरु अव विदा हुनुपर्ने अवस्थामा रहेको संकेत गरेका थिए ।

उनले सन् २०२० डिसेम्बर १४ देखि कुवेती सरकारको नेतृत्व गरेका थिए ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १० : ५५ बजे

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ २५ गते बिहीबार सन् २०२६