इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभोको निधन « Khabarhub

इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभोको निधन


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इक्वेडरका पूर्वराष्ट्रपति गुस्ताभो नोबोयको ८३ वर्षको उमेरमा निधन भएको छ ।

अकस्मात हृदयघातका कारण उनको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनलाई यही फ्रेबु्रअरी ९ मा हृदयघात भएको हो । हृदयघात भएपछि थप उपचारका लागि अमेरिका लगिएकोमा उनको उपचारकै क्रममा मंगलबार निधन भएको अस्पतालले जनाएको छ ।

ज्याक्सन मेमोरियल अस्पताल फ्रोरिडामा उहाँको उपचार गराइएको थियो । उनको उपचार सफल नभएपछि आफन्त तथा सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पूर्वराष्ट्रपति नोबोयको निधनमा शोक र सम्मान व्यक्त गर्दै राष्ट्रिय शोकसमेत घोषणा गर्न लागेको जानकारी उनले दिएका छन् ।

उनले नोबोयलाई आफ्नो अति आदरणीय, अविस्मरणीय र असल व्यक्तिका रुपमा स्मरण पनि गरेका छन् । नोबोयको निधनले आफूले अति असल मित्र र देशले असल अविभावक गुमाउनु परेको राष्ट्रपति मोरेनोले उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ६ : १५ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज