५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी दिने सरकारको निर्णय « Khabarhub

५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी दिने सरकारको निर्णय


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर ५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले उनीहरुमध्ये मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय गरेको हो ।

सरकारले गरेको निर्णय अनुसार बाँकी सजाय मिनाहा पाएकाहरुमध्ये एक सय ७९ जना हत्यालगायतका कसुरमा जन्मकैद सजाय पाएका कैदीहरु हुन्। उनीहरु पनि प्रजातन्त्र दिवसको अवसरमा रिहा हुनेछन्।

मन्त्रिपरिषद्को निर्णय राष्ट्रपति कहाँ पठाइनेछ। राष्ट्रपतिबाट कैद मिनाहा र आममाफी गरिएपछि उनीहरु कैदमुक्त हुनेछन्।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ७ : ५० बजे

विश्वकप : पेनाल्टीसँगै जोगियो दक्षिण अफ्रिका

काठमाडौँ – विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा दक्षिण

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार ५ गते शुक्रबार। सन् २०२६

आज २०८३ साल असार ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ५ गते शुक्रबार। सन् २०२६

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न