संक्रमण बढेपछि फिलिपिन्समा विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध   « Khabarhub

संक्रमण बढेपछि फिलिपिन्समा विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध  


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनिला(सिन्ह्वा)- फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध लगाइएको छ ।

फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ ।

विदेशी नागरिकलाई फिलिपिन्सभित्र छिर्न नदिइने र त्यहाँ रहेका विदेशीहरुलाई पनि बाहिर जानका लागि यात्रा अनुमति नदिइने सरकारी अधिकारीहरूले जनाएका छन् ।

यो अस्थायी प्रकृतिको यात्रा प्रतिबन्ध यही मार्च २० देखि आगामी अप्रिल महिनाको १९ तारिखसम्म गरिने छ । सरकारको यो यात्रा प्रतिबन्धको कडा रुपमा अनुगमन गर्नका लागि एक कार्यदल बनाइएको छ ।

सो कार्यदलले यस यात्रा प्रतिबन्धको अनुगमन गर्ने र आवश्यकताको आधारमा एक दिनमा बढीमा एक हजार ५०० जना मात्र विदेशी नागरिकलाई हवाई उडानमार्फत् फिलिपिन्स आउन दिने बताइएको छ ।

यो यात्रा प्रतिबन्धले फिलिपिन्स जाने तथा बाहिर जाने सरकारी कर्मचारीहरु, कूटनीतिज्ञहरु, वैदेशिक रोजगारका लागि विदेश गएका फिलिपिन्सका नागरिक आदिका लागि भने लागू नहुने बताइएको छ ।

फिलिपिन्समा पछिल्लो समयमा कोभिड १९ का धेरै संक्रमितहरु देखिन थालेका छन् । विदेशबाट आएका नागरिकमा यसको संक्रमण बढी देखिएपछि यो यात्रा प्रतिबन्ध लगाइएको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  ६ : २२ बजे

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक

सरकारको कार्यशैलीप्रति एमालेको आपत्ति, स्वेच्छाचारी भएको आरोप

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठकले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर

एमाले केन्द्रीय समिति बैठक असारमा बस्ने

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असारमा मात्रै बस्ने

आफूविरुद्ध नेताहरू खनिएपछि रिसाए ओली

काठमाडौं – नेकपा एमालेको चार दिन लामो सचिवालय बैठक आज

सचिवालय बैठकपछि बस्नेतले भने : ओलीले राजीनामा दिन्छन् भनेर भ्रामक प्रचार गरियो

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा