त्रिकोणात्मक टी–२० क्रिकेट : म्याक्सको कीर्तिमानी शतकमा नेदरल्यान्ड्स विजयी « Khabarhub

त्रिकोणात्मक टी–२० क्रिकेट : म्याक्सको कीर्तिमानी शतकमा नेदरल्यान्ड्स विजयी


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्यान्ड्सले पहिलो जित हात पारेको छ ।

टियु क्रिकेट मैदानमा आइतबार मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित हात पारेको हो । पहिलो खेलमा नेपालसँग पराजित नेदरल्यान्ड्स आज मलेसियाविरुद्ध विजयी भएको हो ।

नेदरल्यान्ड्सले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन मात्रै बनाउन सक्यो । मलेसियाका लागि विरन्दीप सिंहले ८७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

नेदरल्यान्ड्सका लागि आर्यन डत्त, सेवास्तिन ब्राट र बास डे लिडेले समान २/२ विकेट लिए । त्यस्तै, फिलिप्पे बोइसेविन र पिटर सिलारले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो ।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ’डोउडले अविजित रहँदै १ सय ३३ रनको शतकीय इनिङ्स खेले । उनले ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गर्दै १ सय ३३ रन जोडेको शतकीय पारी खेले ।

म्याक्सले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सका लागि शतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान समेत बनाए ।

मलेसियाका लागि पवनदीप सिंह र अनवर रहमानले १/१ विकेट लिए ।

जितसँगै नेदरल्यान्ड्सले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

मलेसियाले भने अंक जोड्न सकेको छैन । प्रतियोगिता अन्तर्गत सोमबार नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ५ : ४५ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ