भोजभतेरले म्याग्दीमा फैलियो कोरोना « Khabarhub

भोजभतेरले म्याग्दीमा फैलियो कोरोना


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ ।

तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ ।

सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने दुई जनाको ज्यान गएको छ ।

स्वास्थ्य कार्यालय र प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको बेनी नगरपालिकाका ५१ जना सबै सङ्क्रमित वडा नं ४ का हुन् ।

वैशाख २७ गते नगरपालिकाका स्वास्थ्यकर्मीहरुले लक्षण देखिएका र सङ्क्रमितको नजिकको सम्पर्कमा रहेका ६७ जनाको सिंगामा स्वाब सङ्कलन गरेका थिए ।

“तातोपानी, सिंगा, बास्कुना, थामडाँडा, डाँडाखेत र सुर्केमेलामा बढी सङ्क्रमित छन । कतिले अझै परीक्षण गरेका छैनन”, वडाध्यक्ष पौडेलले भने, “छुटेका र सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको मङ्गलबार पुनः तातोपानीमा स्वाब सङ्कलन गर्दैछौँ ।”

गत वैशाख १४ गते तातोपानीका होटल व्यवसायीहरुलाई कोरोनाको लक्षण देखिएको थियो । वडाध्यक्ष पौडेलका अनुसार यसअघि बेनी नगरपालिकाको वडा नं ४ मा १६ सङ्क्रमित थिए ।

जिल्ला प्रशासन कार्यालयले म्याग्दीका तातोपानी कुण्ड बन्द गराउन निर्देशन दिनुभन्द्या अघिदेखि नै तातोपानीमा भित्रिएको कोरोना फैलिने क्रममा थियो ।

तातोपानीको छिमेकी बस्ती सिंगा, सुर्केमेला, डाँडाखेत, बास्कुना र थामडाँडामा १४ गतेपछि चौरासी पूजा, विवाह, क्रिया कर्म, व्रतबन्ध जस्ता सांस्कृतिक कार्य भए र त्यहाँ भोजभतेर र जमघट भएको थियो । नागरिकहरु सचेत भइसकेका थिएनन् ।

मास्क, स्यानिटाइजरको प्रयोग र हात धुने अभ्यासप्रति ध्यान दिएनन् । प्रशासनले प्रतिबन्ध लगाए पनि सांस्कृतिक कार्यमा बाजागाजा, नाचगान र भोजभतेर चल्यो ।

तातोपानी स्नान र भ्रमणमा आएका शहरी क्षेत्रका पाहुनामार्फत भित्रिएको कोरोना समुदायस्तरमा फैलाउन सांस्कृतिक कार्यले सहयोग पुगेको ठहर जिल्लास्थित सुरक्षा निकाय, जनप्रतिनिधि, प्रशासन र सरोकारवालाले गरेका छन् । फैलिएको कोरोना नियन्त्रण गर्न सिंगा, तातोपानीलगायतका बस्तीका बासिन्दाहरु घरभित्रै बसेका छन् ।

तातोपानीको उपल्लो र तल्लो बजार सोमबार दिउँसो सुनसान थियो । पसल तथा होटल बन्द थिए । मानिसहरु झ्यालबाट बाहिर हेरिरहेका थिए ।

उनीहरु कोरोनादेखि डराएको जस्तो वातावरण थियो । लक्षण देखिएका र सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण, उपचारका साथै थप फैलिन नदिन सचेतनामूलक कार्यक्रम गरिएको वडाध्यक्ष पौडेलले बताए । उनले स्वास्थ्यकर्मीसहितको टोली सङ्क्रमितको घरमा पुगेर अवस्था बुझ्ने र हौसला दिन थालिएको बताए ।

यसैबीच बेनी नगरपालिकाका ५१ सहित म्याग्दीमा सोमबार ८२ नयाँ सङ्क्रमित थपिँदा ५३ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना जित्नेमा बेनीका तीन महिनाको शिशुदेखि रघुगङ्गाका ८९ वर्षका वृद्धसम्म छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ७ : ४० बजे

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध

नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र, ४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु

दोलखा– लामासाँघु- जिरी सडक खण्ड अन्तर्गतको तामाकोशी नदिको निर्माणाधीन अलपत्र

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने