प्रधानमन्त्री ओलीको शपथग्रहणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै « Khabarhub

प्रधानमन्त्री ओलीको शपथग्रहणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध सर्वोच्च अदालतमा परेका चारवटा रिटको सुनुवाइ आज हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोमबारसम्म सर्वोच्चमा चारवटा रिट परेका छन् ।

अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता भएका छन् । ती सबै रिटको आज पेशी हुने सर्वोच्चको रिट महाशाखा प्रमुख बाबुराम दाहालले जानकारी दिए ।

रिटमा कानुनमै नभएको व्यहोरा पढेर प्रधानमन्त्री ओलीले लिएको शपथ बदर गरिपाऊँ, संघीय कानुन बनाएर शपथको व्यहोरा तोकिपाऊँ त्यतिन्जेल प्रधानमन्त्रीका रूपमा ओलीलाई कामकारबाही गर्नबाट रोकिपाऊँ र सात गैरसांसदलाई दोहोर्‍याएर गरिएको असंवैधानिक नियुक्ति खारेज गरिपाऊँ भन्ने उल्लेख छ ।

त्यसबाहेक प्रधानमन्त्रीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली पढ्नुपर्दैन भन्दै लिएको शपथले राष्ट्रपति संस्थाप्रति मानमर्दन भएको रिटमा भनिएको छ ।

यस्तै प्रधानमन्त्रीको शपथ र त्यसपछि प्रधानमन्त्रीले सात मन्त्रीको नियुक्तिविरूद्ध अधिवक्ता सन्तोष भण्डारीले पनि अर्को रिट पेश गरेका छन् ।

प्रधानमन्त्री ओलीले शपथका क्रममा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए ।

प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन् । ओलीले भने ‘यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि बढाएका थिए ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ८ : ४० बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२