उपयोगी कागतीका यी फाइदा थाहा पाउनुहोस् « Khabarhub

उपयोगी कागतीका यी फाइदा थाहा पाउनुहोस्


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाना वा खाजामा कागती नखाने कमै मानिस होलान् । अधिकाशंलाई कागती यसको अमिलो स्वादका कारण मन पर्दछ । यस अलावा भिटामिन ’सी’ युक्त कागती स्वास्थ्यकालागि निकै उपयोगी छ ।

कागतीको सेवनले स्फुर्ती रोग निवारणमा मद्दत मिल्दछ । कागतीमा साइट्रिक अम्ल र प्राकृतिक लवण (पोटास र फस्फोरस) हुन्छ । यो लवण रगतको अम्लतालाई हटाउँदै क्षारत्व दिन्छ र रगत शुद्घ गर्छ ।

कागतीमा भिटामिन ’ए’ एक भाग भए भिटामी ’बी’ दुई भाग र भिटामिन ’सी’ तीन भाग हुन्छ । यसमा पोटासियम, फलाम, म्याग्नेसियम, सोडियम, तामा, फस्फोरस, क्लोरिनको साथै प्रोटिन बोसो र कार्बोज पनि पर्याप्त मात्रामा हुन्छ । साथै कागतीले शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुको साथै एन्टिआक्सिडेन्टको काम गर्छ र कोलेस्ट्रोल कम गर्छ ।

कागतीमा भएको भिटामिन ’सी’ र पोटेसियम घुलनशील हुन्छ जसले बढी मात्रामा यसको सेवन हुदाँ समेत नोक्सानी पु¥याउँदैन । रक्तअल्पता पीडितलाई समेत यसको सेवन फलदायी मानिन्छ । आयुर्वेद अनुसार कागती अपच एवं पेटको अन्य बिकारमा समेत उपयोगी मानिन्छ । यो स्कर्वी रोगको विशेष औषधि हो । स्कर्वी रोग भिटामिन ’सी’ को कमीले हुन्छ । कागतीमा भने भिटामिन ’सी’ प्रचुर हुन्छ ।

कागतीको उपयोग कब्जियत, रक्तचापको समस्या हटाउन सहयोगी हुन्छ । कागती छालाको रोग, गिजा सुन्निनु, घाँटीको खसखस, टन्सिल रोगमा समेत लाभप्रद मानिन्छ । यो आँखा, कान रोगमा समेत फाइदा गर्छ । मुखको घाउ, डन्डिफोर, घाउ, दाँत एवं छाला रोगमा फाइदाकारी मानिन्छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ११ : ४४ बजे

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला