टुकोनद्वारा श्रमिकलाई राहत वितरण « Khabarhub

टुकोनद्वारा श्रमिकलाई राहत वितरण


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले निषेधाज्ञाका कारण विचल्लीमा परेका श्रमिकलाई राहत वितरण गरेको छ ।

टुकोनले रिक्सा चालक र निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरूको ४० परिवारलाई एक हप्ता पुग्ने खाद्यान्न वितरण गरेको हो ।

टुकोनले श्रमिकलाई वितरण गरेका रहत सामग्रीमा चामल, तेल, दाल, क्वाटी, नुन, चाउचाउ र माक्स संलग्न रहेको टुकोनका अध्यक्ष हिक्मत जंग भण्डारीले जानकारी दिए ।

विपद्को विकराल परिस्थितीमा जोखिम कार्यलाई ध्यान दिँदै रोग र भोक दुवै मानव जीवनका चुनौतीलाई सामना गर्न केही सहयोग पुगोस् भनेर श्रमिकलाई थोरै भएपनि राहत उपलब्ध गराएको जानकारी दिदै टुकोनका अध्यक्ष भण्डारीले कोरोना संक्रमण बढेको यो विषम परिस्थितीमा दैनिक ज्यालादारीमा आश्रित श्रमिकको पीडालाई ध्यान दिन सरकारलगायत सम्बन्धित पक्षको ध्यानाकर्ष समेत गराएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १२ : ४० बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच