उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट | Khabarhub Khabarhub

उपचारमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट

संलग्न भएको आशंकामा दुईजना पक्राउ


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल शिक्षण अस्पतालका दुई चिकित्सकसहित चार जना स्वास्थ्यकर्मी कुटिएका छन् । सोमबार राति आठ बजे विराटको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि चार जनाको समूहले कुटपिट गरेको छ ।

कुटपिटमा संलग्न बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । अन्य दुई जना फरार रहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार सोमबार राति नै उनीहरू दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सोमबार राति पेट दुखेर बूढीगङ्गा–२ की ७३ वर्षीया वृद्धा गोमादेवी श्रेष्ठ उपचारका लागि भर्ना भएकी थिइन् । उनलाई अस्पताल लिएर आएका निश्चल र अनिलले चिकित्सकलाई गालीगलौच गर्दै कुटपिट गरेको अस्पतालका संयोजक सुनिल देवले जानकारी दिए । गोमादेवीको उपचारमा ढिलाइ भएको भन्दै उनीहरूले आकस्मिक कक्षमा छिरेर चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि आक्रमण गरेको देवको भनाइ छ ।

रेग्मी र बस्नेत कोसी राजमार्गअन्तर्गत बूढीगङ्गा–३ मा भएको दुर्घटनामा परेर घाइते भएका दुई जनाको उपचारमा संलग्न थिए । बूढीगङ्गा गाउँपालिका–३ गोकुवा चोकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्राी ५० वर्षीय बालकुमार बस्नेत र मोटरसाइकल यात्री इटहरी–७ का २५ वर्षीय समराज्य चौधरी घाइते भएपछि उनीहरूलाई विराटै लगिएको थियो ।

अस्पतालको सीसी टीभी फुटेजबाट लिइएको तस्वीर

सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र१–०२–०४५ प ६०८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बस्नेतको राति ९ बजे उपचारका क्रममा मृत्यु भएको हो । उनीहरूको उपचार गर्दैगरेका चिकित्सकलाई आक्रमण भएपछि गम्भीर अवस्थाका बिरामीले केही बेर उपचारसमेत पाउन नसकेको संयोजक देवले जानकारी दिए ।

आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको उनले जानकारी दिए । घाइते अवस्थाका दुवै जनाको विराटमै उपचार भइरहेको छ । ‘पेट दुखेर अस्पताल भर्ना भएका कारण वृद्धालाई हेर्न छोडे गम्भीर भएका घाइतेलाई हेर्दैगर्दा डाक्टरमाथि आक्रामण भएको हो’, देवले भने, ‘पाँच मिनेट ढिलाइ हुँदा आक्रमणको सामना गर्नुपरेको हो । ’

यता, डिएसपी मानबहादुर राईले अस्पतालले बिरामीको उपचारमा अहोरात्र खटिनेहरूमाथि आक्रमण गर्ने पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालिएको बताएका छन् । घटनामा संलग्न अरू दुई जना फरार रहेका कारण खोजी तीव्र पारिएको उनले बताए ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १ : २३ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई