प्रधानमन्त्रीको शपथविरुद्ध परेका चार रिटको सुनुवाइ जारी « Khabarhub

प्रधानमन्त्रीको शपथविरुद्ध परेका चार रिटको सुनुवाइ जारी


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध परेका चारवटा रिटको सुनुवाइ जारी छ ।

प्रधानन्यायाधीश चोलेन्द्र राणाको एकल इजलाशमा शपथविरुद्ध परेका ४ वटै मुद्दाको सुनुवाइ चलिरहेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोमबारसम्म सर्वोच्चमा चारवटा रिट परेका थिए ।

अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता भएका छन् ।

कानूनमै नभएको व्यहोरा शपथमा पढकोले शपथ बदर गर्न माग गरिएको छ । त्यस्तै ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली प्रधानमन्त्रीले पढ्नुपर्दैन भन्दै लिएको शपथले राष्ट्रपति संस्थाप्रति मानमर्दन भएको रिटमा भनिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १ : ५४ बजे

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी