गाउँ पसेको हात्ती खेदाउँदा एकको मृत्यु | Khabarhub Khabarhub

गाउँ पसेको हात्ती खेदाउँदा एकको मृत्यु


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगर नगरपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

सोमबार राति करीब १२ : ३० बजे गाउँ पसेको हात्ती खेदाउने क्रममा मेचीनगर–९ का ४५ वर्षीय श्याम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राति स्थानीय मागुरमाडी सामुदायिक वनबाट जङ्गली हात्ती गाउँ पसेको थियो । हात्ती खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको हो ।

घाइते राईको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा गए राति २ : १५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीलाई स्थानीयबासी र प्रहरीले सोही जङ्गलतर्फ लखेटेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ३ : ३९ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको