जसपा संसदीय दलको नेतामा महतो, पत्र संसद सचिवालयलाई पठाइयो | Khabarhub Khabarhub

जसपा संसदीय दलको नेतामा महतो, पत्र संसद सचिवालयलाई पठाइयो


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने निर्णयको पत्र संसद सचिवालयमा दर्ता भएको छ ।

आज दर्ता भएको पत्रमा जसपाको संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको जानकारी गराउँदै अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् ।

पत्रमा बैशाख ३० गते बसेको संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गरेको जानकारी गराइएको छ ।

महतोलाई संसदीय दलको नेता बनाउने बैठकमा जसपाको उपेन्द्र यादव समूहका सांसदहरु उपस्थित थिएनन् । जेठ १ गते बसेको यादव पक्षका नेताहरुको बैठकले नेता महतोलाई दलको नेता बनाउनु विधान विपरित भएको निष्कर्ष निकालेको थियो ।

त्यसअघि आजै जसपाका दुईजना अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नै नेतृत्वमा सरकार गठन भएमात्रै सरकारमा जाने उल्लेख गरेका थिए ।

यस्तो छ पत्र

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ४ : १६ बजे

भयलाई चेतनामा बदल्दै : सर्प उद्धारक रमेश

उर्लाबारी– साँझपख मोरङको उर्लाबारीमा एक घरको भान्साकोठाबाट हल्ला मच्चियो ।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ

पर्सा– उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीशमाथि इजलास कक्षमा

टेस्ट च्याम्पियनसिप फाइनलमा म्याक्रमको शतक : अफ्रिका उपाधि नजिक

लण्डन – दक्षिण अफ्रिका र अस्ट्रेलिया बीचको टेस्ट च्याम्पियनसिपको फाइनल

चन्द्र पन्तको फिल्ममा दोहोरिने भए भारतीय कलाकार प्रदीप रावत

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू