जसपा संसदीय दलको नेतामा महतो, पत्र संसद सचिवालयलाई पठाइयो « Khabarhub

जसपा संसदीय दलको नेतामा महतो, पत्र संसद सचिवालयलाई पठाइयो


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने निर्णयको पत्र संसद सचिवालयमा दर्ता भएको छ ।

आज दर्ता भएको पत्रमा जसपाको संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको जानकारी गराउँदै अध्यक्ष महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् ।

पत्रमा बैशाख ३० गते बसेको संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गरेको जानकारी गराइएको छ ।

महतोलाई संसदीय दलको नेता बनाउने बैठकमा जसपाको उपेन्द्र यादव समूहका सांसदहरु उपस्थित थिएनन् । जेठ १ गते बसेको यादव पक्षका नेताहरुको बैठकले नेता महतोलाई दलको नेता बनाउनु विधान विपरित भएको निष्कर्ष निकालेको थियो ।

त्यसअघि आजै जसपाका दुईजना अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नै नेतृत्वमा सरकार गठन भएमात्रै सरकारमा जाने उल्लेख गरेका थिए ।

यस्तो छ पत्र

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ४ : १६ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको