विज्ञको छुट्टै संयन्त्र बनाएर कोरोना नियन्त्रण गर्न अन्तरिम आदेश « Khabarhub

विज्ञको छुट्टै संयन्त्र बनाएर कोरोना नियन्त्रण गर्न अन्तरिम आदेश


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले कोभिड–१९ को भयावह स्थितिमा स्वास्थ्यविज्ञको सल्लाह र सुझाव आवश्यक परे छुट्टै संयन्त्र बनाएर नियन्त्रण तथा रोकथाम गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले विज्ञको सल्लाहबमोजिम कोभिड नियन्त्रण र रोकथामका लागि यथाशीघ्र व्यवस्था गर्न सरकारका नाममा आज अन्तरिम आदेश जारी गरेको हो ।

“अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बेड अभाव भएको अवस्था भए कुनै पनि खाली स्थान भवनमा अस्थायी उपचार केन्द्रको व्यवस्था मिलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको उचित व्यवस्था गरी प्रभावकारी उपचारको व्यवस्था गर्नू”, आदेशमा भनिएको छ ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह, अर्थ, कानून, न्याय तथा संसदीय मामिला र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विपक्षी बनाई सोमबार दायर गरेको रिट निवेदनमा स्वास्थ्य सामग्रीका अभावमा नागरिकको बाँच्न पाउने अधिकारबाट वञ्चित नगर्न माग गरिएको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ९ : ०१ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच