कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै तयारीमा जुट्न देउवाको आग्रह « Khabarhub

कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै तयारीमा जुट्न देउवाको आग्रह


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहर आउन सक्ने बताउँदै त्यसको लागि तयारीमा जुट्न सरकारलाई आग्रह गरेका छन् ।

सभापति देउवाले कोरोनाको तेस्रो लहरले बालबालिकामा बढि असर देखिने विज्ञहरुले बताइरहेको संकेत गर्दै केन्द्रदेखि प्रदेशसम्म त्यसबाट बालबालिकालाई जोगाउनका लागि तयारी गर्न सरकारसँग आग्रह गरेका हुन् ।

मंगलबार साँझ उनले सामाजिक सञ्जालमार्फत सो आग्रह गरेका हुन् ।

‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन्। म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड/आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप शुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १० : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै