माधव नेपालले भने : देवकोटा मेरै उम्मेदवार हुन्, अन्यथा गर्न मिल्दैन « Khabarhub

माधव नेपालले भने : देवकोटा मेरै उम्मेदवार हुन्, अन्यथा गर्न मिल्दैन


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता माधव नेपाल पक्षले वाग्मती प्रदेशतर्फका राष्ट्रिय सभा निर्वाचनका उम्मेद्वारलाई मत हाल्दा स्वविवेक प्रयोग गर्न मतदातालाई आग्रह गरेको छ ।

माधव नेपालको सचिवालयले आज एक विज्ञप्ति निकालेर राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार डा खिमलाल देवकोटालाई मत हाल्ने विषयमा मतदातालाई स्वविवेक प्रयोग गर्न भनेको हो ।

पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच सहमति बन्दै जाँदा आफ्नै पहलमा देवकोटालाई उम्मेदवार उठाएका नेपालले अहिले अन्यथा गर्न नसक्ने बताएका हुन् ।

आजै बागमती प्रदेशतर्फ राष्ट्रिय सभाका अर्का उम्मेदवार तथा गृहमन्त्री रामबहादुर थापा उपनिर्वाचनबारे छलफल गर्न नेपालनिवास कोटेश्वर पुगेका थिए । ६ गते हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न थापाले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाललाई आग्रह गरेका थिए।

नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका थिए ।

त्यसपछि थापाले नै मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गरेका सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति भएको र कतिपय स्थान एवं मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति नभएको पनि सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ८ : १५ बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा