जो देह व्यापार मामलामा पक्राउ परे « Khabarhub

जो देह व्यापार मामलामा पक्राउ परे


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा कैयौं अभिनेत्रीहरु स्टारडम पाउने सपना लिएर आउछन् । तर असफल भएपछि उनीहरु गलत बाटो अपनाउने गरेका छन् ।

बलिउड लाइफका अनुसार बलिउडमा यस्ता केही अभिनेत्रीहरु छन्, जो पैसा कमाउनका लागि आफ्नो शरीर बेच्नसमेत पछि परेका छैनन् । यस्तोमा केही स्वयं देह व्यापारमा संलग्न अवस्थामा त कोही देह व्यापारमा संलग्न गराएको आरोपमा प्रहरीको पक्राउमा परेका छन् ।

यो सूचीमा पहिलो नाम ऐश अंसारीको छ । जसलाई जोधपुर प्रहरीले सन् २०११ मा एक ‘सेक्स रेकेट’को हिस्सा बनेको भन्दै पक्राउ गरेको थियो ।

दक्षिण भारतीय फिल्ममा आइटम गीत गर्ने अभिनेत्री भुवनेश्वरीले कैयौं ‘बी’ ग्रेडका फिल्ममा अभिनय गरिसकेकी छन् । उनलाई चेन्नईमा देह व्यापारमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो ।

तेलुगू फिल्म उद्योगमा काम गर्ने अभिनेत्री नीतू अग्रवाललाई आन्ध्र प्रदेश प्रहरीले तस्करीको मामलामा पक्राउ गरेको थियो ।

फिल्म ‘मकडी’मा अभिनय गर्ने अभिनेत्री श्वेताप्रसाद बसुको नाम पनि देह व्यापारमा जोडिएको छ । उनलाई प्रहरीले वेश्यावृत्तिमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो ।

अभिनेत्री शर्लिन चोपडाले एक समय आफूले पैसाका लागि मानिसहरुसँग सुतेको बताएकी थिइन् । यद्यपि कतिपयले उनको भनाईलाई केवल ‘स्टण्ट’ मात्र भएको दाबी गरेका थिए ।

तमिल उद्योगकी मिल्की ब्यूटी केरोलिनलाई प्रहरीले एक पाँचतारे होटलमा आपत्तिजनक अवस्थामा पक्राउ गरेको थियो ।

तमिल फिल्ममा अभिनय गर्ने दिव्याले केही फिल्ममा अभिनय गरेपछि देह व्यापारमा संलग्न हुने निर्णय लिएकी थिइन् । प्रहरीले उनलाई केही क्रिकेटर र व्यापारीसँग आपत्तिजनक अवस्थामा भेट्टाएका थिए ।

अभिनेत्री मिष्टी मुखर्जीलाई प्रहरीले पक्राउ गर्दा उनको साथबाट २५ हजार सेक्स सिडी र २ लाख रुपैंयाँ नगद बरामद गरेको थियो ।

तेलुगु फिल्ममा स–साना भूमिकामा अभिनय गर्ने सीमालाई प्रहरीले सन् २००९ मा देह व्यापारमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो ।

टेलिभिजनकी अभिनेत्री संगीता बालनलाई प्रहरीले कोठी चलाएको आरोपमा पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १० : ४५ बजे

युद्धविराम प्रयासबीच पनि लेबनानमा इजरायली आक्रमण जारी, सात जनाको मृत्यु

बेरुत – संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा अघि बढाइएको युद्धविराम प्रयासबीच

गर्मी बढेपछि महोत्तरीका विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी– महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको

हुम्लामा आगलागीबाट २० लाख बराबरको क्षति

हुम्ला– गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले घर

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि