आज पनि प्रदेश १, बागमती र सुदुरपश्चिममा भारी वर्षाको सम्भावना « Khabarhub

आज पनि प्रदेश १, बागमती र सुदुरपश्चिममा भारी वर्षाको सम्भावना


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज पनि देशका विभिन्न नदीहरुमा बाढीको जोखिम रहेकोले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

मनसुन शुरु भएदेखि लगातार वर्षा भईरहेकोले मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमासमेत पानीको बहाव बढिरहेको छ ।

पहाडका नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, पश्चिम राप्ती, कर्णाली र यसका सहायक नदीहरुमा बहाव बढ्दो क्रममा रहेको छ ।

यसैगरी कन्काई, कमला, बागमती, बबई र यसका सहायक नदीमहरुमा पनि बहाव बढ्नेछ ।

बाढी पूर्वानुमान महाशाखाले नदी तटिय क्षेत्रका बासिन्दालाई सजगता अपनाउन आग्रह गरेको छ ।

No description available.

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार नदीमा पानीको बहाब बढ्दो क्रममा रहेपनि सर्तकता तह भन्दा तलै रहने जनाएको छ ।

महाशाखाले कोशी, नारायणी, पश्चिम राप्ती, कर्णाली जस्ता ठूला नदीहरु र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहेपनि सबैमा सर्तकता तह भन्दा तलै रहने जनाएको छ ।

महाशाखाका अनुसार आज कर्णाली, महाकाली र यसका सहयक नदीमा बहाब सामान्य घटबढ हुने देखिन्छ ।

त्यस्तै कोशी जलाधारका केही स–साना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब बढ्ने र सहायक नदीहरुमा आकस्मिक बहाब सतर्कता तह आसपास पुग्न सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

कन्काई,कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा आकस्मिक बहाब हुन सक्ने पूर्वाअनुमान रहेको पनि महाशाखाले जनाएको छ ।

प्रदेश १ को इलाम, झापा,मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, ताप्लेजुङ, संखुवासभा जिल्ला आसपास भई बग्ने खोला तथा नदीहरुमा आकस्मिक बहाब बढ्न सक्ने भएकाले सजग हुन पुर्वाअनुमान महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै प्रदेश २ का सप्तरी,सिराहा, महोत्तरी, सर्लाही, बागमती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौँ, चितवन, र मकवानपुर गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, लुवम्बनी प्रदेशको पाल्पा, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, पूर्वी रुकुम, कणााली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जारजरकोट, कालिकोट, हुम्ला, र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बार, बझाङ, दाचुार्लाका जिल्ला भई बहने नदी तथा खोलाहरुमा आकस्मिक बहाब बढ्न सक्ने भएकाले सतर्क रहन पूर्वाअनुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ११ : ४५ बजे

स्वास्थ्य क्षेत्रमा भएका बेथितिहरूविरुद्ध पुनः अनसन बस्ने डा. केसीको चेतावनी 

काठमाडौं– वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द

विश्वकप फाइनलमा सबैभन्दा धेरै खेलाडी एट्लेटिको म्याड्रिडका, बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं– फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदै गर्दा

रोमाञ्चक बन्दै गोल्डेन बुटको होड, तेस्रो स्थानको खेलले बदल्न सक्छ विजेता

काठमाडौं– २०२६ फिफा विश्वकपको उपाधि दौडबाट फ्रान्स र इङ्ग्ल्यान्ड बाहिरिए पनि

जब मेस्सीलाई बेलिङ्घमले मैदानमै भने : तिम्रो समय सकियो, अब हाम्रो पालो हो

काठमाडौं– इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्लिस

पुँजीगत खर्चको प्रवृत्ति विगतको भन्दा कमजोर, राजस्व लक्ष्यको ८४ प्रतिशत मात्र संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा सरकारको पुँजीगत खर्च गत आर्थिक