बाढी पहिरोले भत्काएका घर बनाउन १२ करोड ८० लाख दिइने « Khabarhub

बाढी पहिरोले भत्काएका घर बनाउन १२ करोड ८० लाख दिइने

अनुदान रकम तीन किस्तामा दिइने



काठमाडौँ– अघिल्लो वर्षको मनसुनमा बाढी तथा पहिरोका कारण आवासविहीन भएकालाई सरकारले आवास पुनर्निर्माणमा सहयोग गर्ने प्रक्रिया अघि बढाएको छ ।

संघीय सरकारले राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणलाई पहिलो चरणमा २० करोड उपलब्ध गराएपछि प्राधिकरणले आवास पुननिर्माणको काम अघि बढाएको जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा उक्त रकम पठाउन शुरु गरिएको प्राधिकरणकरका प्रवक्ता विश्व प्रकाश अर्यालले खबरहबलाई बताए ।

पहिलो चरणमा सरकारले १२ करोड ८० लाख ५६ हजार रुपैयाँ १३ जिल्लामा पठाइसकेको उनले बताए ।

उनकाअनुसार पुनर्निर्माण वा पुनस्र्थापना अनुदान स्वरुप क्षेत्रअनुसार फरक रकम पठाउने गरिएको छ ।

जसमा तत्काल लगत संकलन र लाभग्राही पहिचान भएपछि २५ हजार र अस्थायी आवासका लागि २५ हजार गरी दुई किस्तामा ५० हजार जाने गरेको छ ।

उनले भने, ‘त्यसपछि निजी आवास पुनर्निर्माणका लागि तराईका जिल्लामा ३ लाख पहाडका जिल्लामा ४ लाख र हिमाली जिल्लामा ५ लाख रुपैयाँ ३ किस्तामा उपलब्ध गराइनेछ ।’

उनकाअनुसार तराईका जिल्लामा सम्झौता भएसँगै पहिलो किस्तामा प्रतिघर ५० हजार र दोस्रो किस्तामा १ लाख ५० हजार र तेस्रो किस्तामा एक लाख उपलब्ध गराइनेछ ।

त्यस्तै पहाडी जिल्लामा पुनर्निर्माण वा पुनस्र्थापना अनुदान ४ लाख रुपैयाँ ३ किस्तामा नै उपलब्ध गराइने छ ।

जसमा पहिलो किस्तामा ५० हजार, दोस्रो किस्तामा २ लाख र तेस्रो तथा अन्तिम किस्तामा १ लाख ५० हजार उपलब्ध गराइने छ ।

त्यस्तै हिमाली जिल्लामा ५ लाख रुपैयाँ ३ किस्तामा उपलब्ध गराइनेछ । जसमा पहिलो किस्ता स्वरुप ५० हजार, दोस्रो किस्तामा २ लाख र तेस्रो किस्तामा १ लाख ५० हजार उपलब्ध गराइनेछ ।

केन्द्रबाट रकम गएपनि यसको कार्यान्वयनका लागि स्थानीय तहको प्रमुख भूमीका रहने उनले बताए ।

‘जिल्ला विपद् व्यवस्थापन समितिका सिडियोहरुले यसको अनुगमन गर्नुहुन्छ’ उनले भने, ‘अनुगमन पछि आएको रिपोर्टका आधारमा हामीले निकासा पठाउछौं ।’

त्यस्तै प्राधिकरणले घडेरी नहुनेलाई बढीमा ३ लाखसम्म थप उपलब्ध गराउनेछ ।

कुन जिल्लामा कति रकम ?

गत वर्ष क्षति बाढी र पहिरोले क्षति पुर्‍याएका मध्ये विभिन्न १३ जिल्लाका २ हजार ८ सय ३६ घर पुनर्निर्माण गर्न प्राधिकरणले पहिलो चरणको रकम पठाएको छ ।

गत वर्ष पहिरो खस्दा दार्चुलाका ५१ घरमा क्षति पुगेको थियो ।

उक्त घर पुनर्निर्माण गर्न २२ लाख ७६ हजार, म्याग्दीका २ सय ४७ घर पुनर्निर्माण गर्न १ करोड ८ लाख ५७ हजार रुपैयाँ पठाइएको छ ।

त्यस्तै कास्कीका १ सय ६५ घर पुनर्निर्माण गर्न ७० लाख ८७ हजार, स्याङ्जाका २ सय ७४ घर पुनर्निर्माणलाई १ करोड १७ लाख ६७ हजार, धनकुटाका ३३ घर पुनर्निर्माण गर्न १३ लाख ५८ हजार रकम पठाएको प्राधिकरणले जनाएको छ ।

त्यस्तैगरी भोजपुरका १ सय ३१ घर पुनर्निर्माणका लागि ५७ लाख १८ हजार, कालिकोटका ५ सय ४७ घर पुनर्निर्माणका लागि ४ करोड ९ लाख ५८ हजार, रुकुम पश्चिमका ८३ घर पुनर्निर्माणका लागि ३५ लाख २ हजार रुपैयाँ पठाइएको छ ।

पर्वतका ८५ घर पुनर्निर्माणका लागि ३६ लाख ४५ हजार, पर्वतका ५ सय ४ घर निर्माणका लागि २ करोड १५ लाख ९२ हजार, मोरङका ४९ घरधुरीलाई २२ लाख १ हजार र बाजुराका २ सय १७ घर पुनर्निर्माणका लागि १ करोड ८ लाख रुपैयाँ पठाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको प्रारम्भिक विवरण अनुसार देशभर गत वर्षको मनसुनको बाढी पहिरोले २ हजार ८ सय २१ घर परिवारलाई घरबारबिहीन बनाएको छ ।
त्यस्तै बाढी र पहिरोबाट ३ सय ४३ जनाको ज्यान गुमाएका थिए भने १ सय ११ जना बेपत्ता भएका थिए ।

गत वर्षको मनसुनको अवधिमा बाढी र पहिरोबाट सिन्धुपाल्चोक, बाग्लुङ, म्याग्दी, दोलखा, बाजुरा, अछाम, कालिकोट, नुवाकोट, जाजरकोट, दार्चुला, बझाङ, दाङ, गोरखा, मकवानपुर, तनहुँ, अर्घाखाँची, स्याङजा, रसुवा, धनकुटा, संखुवासभा, गुल्मी, मोरङ, लगायतका जिल्ला बढी प्रभावित भएका थिए ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  २ : ३७ बजे

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको