अफगानी स्थानीय आदिवासीले सीमा अबरुद्ध गरेपछि पाकिस्तानको व्यापार ठप्प « Khabarhub

अफगानी स्थानीय आदिवासीले सीमा अबरुद्ध गरेपछि पाकिस्तानको व्यापार ठप्प


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कराँची- अफगानिस्तानको खुगखेलमा स्थानीय आदिवासीहरुले सीमाक्षेत्र अबरुद्ध गरेपछि पाकिस्तानको व्यापार ठप्प भएको छ ।

अफगानिस्तानको खुगखेलका स्थानीय आदिवासीहरुले तोर्खाम सीमामा प्रदर्शन गर्दै सडक अबरुद्ध गरेपछि पाकिस्तानको व्यापारमा असर पुगेको हो । यसले अफगानिस्तानसँग पाकिस्तानको व्यापारमा असर पुगेको छ ।

क्षेत्रीय सुरक्षा निकायले आफ्ना मुख्य चार बुँदे मागहरु पुरा नगरेसम्म सीमामा प्रदर्शन जारी राख्ने खुगखेलका स्थानीय आदिवासी नेताहरु मुफ्ति इजाज र मिरजुद्दिन खानले चेतावनी दिएका छन् ।

स्थानीय आदिवासी नेताहरुले आफ्नो भूमि लिजमा दिनेबारे फेडरल बोर्ड अफ रिभेन्युसँग सहमति भएको र नेसनल लजिस्टिक सेलले आफ्ना मागहरु पूरा गर्ने प्रतिबद्धता गरे पनि कार्यान्वयन नगरेको गुनासो गरे ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय आदिवासी तथा धार्मिक नेताहरुले लण्दी कोतल बजार क्षेत्रमा जारी प्रदर्शन अवलोकन गर्दै उनीहरुको समर्थन गरेका छन् ।

स्थानीय आदिवासी प्रदर्शनकारीहरुले अफगानी नागरिकहरुहरुलाई छरबागबाट वैकल्पिक बाटो हुँदै तोर्खाम जाने व्यवस्था गरेका छन् । तर, सीमामार्फत अफगानिस्तानसँग हुने पाकिस्तानको व्यापारमा भने असर पुगेको छ ।

स्रोत सिफी

 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : ११ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका