अफगानी स्थानीय आदिवासीले सीमा अबरुद्ध गरेपछि पाकिस्तानको व्यापार ठप्प « Khabarhub

अफगानी स्थानीय आदिवासीले सीमा अबरुद्ध गरेपछि पाकिस्तानको व्यापार ठप्प


२ भदौ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कराँची- अफगानिस्तानको खुगखेलमा स्थानीय आदिवासीहरुले सीमाक्षेत्र अबरुद्ध गरेपछि पाकिस्तानको व्यापार ठप्प भएको छ ।

अफगानिस्तानको खुगखेलका स्थानीय आदिवासीहरुले तोर्खाम सीमामा प्रदर्शन गर्दै सडक अबरुद्ध गरेपछि पाकिस्तानको व्यापारमा असर पुगेको हो । यसले अफगानिस्तानसँग पाकिस्तानको व्यापारमा असर पुगेको छ ।

क्षेत्रीय सुरक्षा निकायले आफ्ना मुख्य चार बुँदे मागहरु पुरा नगरेसम्म सीमामा प्रदर्शन जारी राख्ने खुगखेलका स्थानीय आदिवासी नेताहरु मुफ्ति इजाज र मिरजुद्दिन खानले चेतावनी दिएका छन् ।

स्थानीय आदिवासी नेताहरुले आफ्नो भूमि लिजमा दिनेबारे फेडरल बोर्ड अफ रिभेन्युसँग सहमति भएको र नेसनल लजिस्टिक सेलले आफ्ना मागहरु पूरा गर्ने प्रतिबद्धता गरे पनि कार्यान्वयन नगरेको गुनासो गरे ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय आदिवासी तथा धार्मिक नेताहरुले लण्दी कोतल बजार क्षेत्रमा जारी प्रदर्शन अवलोकन गर्दै उनीहरुको समर्थन गरेका छन् ।

स्थानीय आदिवासी प्रदर्शनकारीहरुले अफगानी नागरिकहरुहरुलाई छरबागबाट वैकल्पिक बाटो हुँदै तोर्खाम जाने व्यवस्था गरेका छन् । तर, सीमामार्फत अफगानिस्तानसँग हुने पाकिस्तानको व्यापारमा भने असर पुगेको छ ।

स्रोत सिफी

 

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  २ : ११ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको