कसरी सफा गर्ने मुख र दाँत ? « Khabarhub

कसरी सफा गर्ने मुख र दाँत ?


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनुहारमा भएका हरेक अंग जस्तै मुख महत्वपूर्ण छ । खान, बोल्न, हास्न लगायका काममा मुखको महत्व रहने गर्दछ ।

त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगरे गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग समेत निम्तिन सक्छ ।

मुखको सफाइमा के गर्ने ?
– पानी प्रशस्त पिउने ।
– धेरै तातो र धेरै चिसो नखाने ।
– सकेसम्म धेरै गुलियो, अमिलो खानेकुरा नखाने ।
– मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।
– मुखमा खानेकुरा राखेर नसुत्ने ।
– बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।
– बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।
– रेसा भएको र पोसिलो खानेकुरा खाने ।

यस अलावा वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउनु पर्दछ । यसकालागि डेन्टल फ्लसको प्रयोग गर्न सकिन्छ । यस अलावा दाँतको सुरक्षाकालागि निम्न काम गर्नु पर्दछ ।

– दाँत माझ्दा हतारमा वा जोडसँग घोटेर नमाझ्ने ।
– नरम ब्रसले दाँत माझ्ने ।
– दाँत माझ्दा जिब्रो पनि सफा गर्ने ।
– दाँत माझ्न फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने ।
– हरेक ५ महिनामा दाँत जँचाउने ।

स्मरण रहोस्, दाँत र मुखमा देखिने समस्या र मुख गन्हाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : २५ बजे

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको