जसपाले असोजभित्र समायोजन टुंग्याउने « Khabarhub

जसपाले असोजभित्र समायोजन टुंग्याउने


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – जनता समाजवादी पार्टी (जसपा)ले असोजभित्र समायोजन टुंग्याउने जनाएको छ। सुदृढीकरण तथा जागरण अभियान अन्तर्गत जिल्ला, क्षेत्र, पालिका तथा वडास्तर सम्मको पार्टी समायोजन एक महिनाभित्र टुंग्याइने जसपाले जनाएको हो।

पूर्व संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा गठन भएको करिब डेढवर्ष पछि पार्टी तल्लो तहमा पार्टी सामायोजन गर्न लागिएको जसपाका सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले बताए।

कार्यक्रम अन्तर्गत असोजको पहिलो हप्ता जिल्लास्तरीय समायोजन गर्ने, १५ गतेभित्र प्रतिनिधि तथा प्रदेश क्षेत्रस्तरीय समायोजन गर्ने तथा १५ देखि असोज मसान्तसम्म पालिका तथा वडा तहसम्म समायोजनको कार्य सक्ने अध्यक्ष यादवको भनाइ छ।

पार्टीले एक महिने सुज अभियान अन्तर्गत संगठन निर्माणका साथै पार्टीको आगामी रणनीति र अबधारणाबारे जनजागरण गराउने योजना रहेको उनले जानकारी दिए।

सुज अभियानमा केन्द्रीय वरिष्ठ नेताहरू तथा प्रदेश नेताहरूद्वारा प्रशिक्षण दिने कार्यक्रम रहेको अध्यक्ष यादवले बताए। जसपा सप्तरीले १ महिने सुज अभियान सञ्चालन गरेको छ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : ४२ बजे

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले