गठबन्धनका केही दलमा आन्तरिक व्यवस्थापन नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ : नेता सिंह « Khabarhub

गठबन्धनका केही दलमा आन्तरिक व्यवस्थापन नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ : नेता सिंह


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धनभित्र रहेका केही दलको आन्तरिक व्यवस्थापनमा अलमल हुँदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको बताएका छन् ।

आज गणेशमान सिंहको २५ औँ स्मृतिम दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले अब चाँडै सरकारले पूर्णता पाउने बताए ।

नेता सिंहले काँग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नेमा विश्वास रहेको बताए । कम्युनिस्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेकै कारण गढबन्द बनाइएको बताए ।

नेता सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए। उनले विवाद भएका जिल्लामा विधिविधान अनुसार समाधान गर्नुपर्ने बताए ।

‘पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढीरहेको छ,’ उनले भने’, ‘महाधिवेशन निस्पक्ष तवरले गर्नुपर्दछ । विवाद भएका जिल्लामा विधिविधान अनुसार समधान गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नुपर्दछ ।’

नेता सिंहल साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागी निरन्तर छलफल भइरहेको जानकारी दिए । तर आफू सभापतिको उम्मद्वारबाट पछि नहट्ने उनले बताए ।

उनले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुर्‍याएको योगदानको स्मरण गरेका थिए । जस्तोसुकै अप्ठयारो परिस्थितिमा पनि गणेशमान सिंहले नेपाली जनाताको सेवा गर्न नछोडेको बताए । काँग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमुल्य योगदान रहेको नेता सिंहको भनाइ थियो ।

कार्यक्रममा पूर्वमन्त्री राजेन्द्र कुमार केसी, कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र राज पाण्डे, किरण गिरि, कांग्रेस काठमाडौँ सभापति सबुझ बानियाँ लगायत नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ०४ बजे

बाढीको जोखिम कायमै : हिमतालमा बनेको ७ मिटर अग्लो प्राकृतिक बाँध जुनसुकै बेला फुट्ने चीनको चेतावनी

काठमाडौं– रसुवामा बाढीको जोखिम अझै कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले

रसुवाको बाढीपछि नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको अपिल

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोटेकोशी र त्रिशूली नदी

डब्लुएचओले बाढीपीडितलाई औषधि पठाउँदै

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान

टिमुरे भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

काठमाडौं– रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा